लकडाउनमा सँगै बस्न दिक्क लागेपछि महिलाले पतिलाई विक्रीमा राखिन्, घरवाहिर वोर्ड

एजेन्सी । एक महिलाले आफ्ना पतिलाई बिक्रिमा राखेकी छन् । लामो समय देखिको लकडाउनका कारण पतिसंग बस्न दिक्क लागेपछि उनले पतिलाई नै विक्रीमा राखिदिएकी हुन् । झण्डै दुई वर्ष देखि कोभिडले साथ छोडेको छैन ।

मानिसलाई सजिलोसंग घर वाहिर निस्केर काम गर्ने अवस्था छैन । यस्तो बेलामा सबै परिवार घर भित्रै रहनु परेको छ । भाइरस नियन्त्रण गर्न धेरै राष्ट्रहरुले लकडाउन गरेका थिए । लामो समय लकडाउन हुँदा केही आश्चर्यलाग्दा घटनाहरु पनि भएका छन् ।

चीनमा पछिल्लो केही समय यता डिभोर्स गर्नेको संख्या अत्यधिक बढीरहेको छ । लकडाउनमा पति र पत्नी एकैसाथ धेरै लामो समय बिताउन गाह्रो परेको हो । यसको सिधा असर विबाहीत जोडीको वैवाहिक स म्ब न्धमा परेको हो ।

धेरै पहिलेदेखि सँगै बस्दै आएका जोडीहरु नै अफ्ठेरोमा परेको देखिन्छ । भनिन्छ, २४ घन्टा कसैसँग सँगै बस्दा त्यसैपनि झ ग डा हुन्छ । एक महिलाले आफ्नो पतिसँग रिसाएर घर बाहिर पति बिक्रिमा भएको बोर्ड राखेकी छिन् । पुर्तगालको लिस्बन शहरमा एक जोडीबीच सधै झ ग डा हुनेगर्थ्यो । विवाद हुँदै जाँदा महिलाले आफ्नो घर बाहिर बोर्डमार्फत पति बिक्रि (सेल)मा राखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस