बलोचीस्तानका एमपीएहरु अपहरित अझै भेटिएनन् , बलोचीस्तानको डरलाग्दो सुरक्षा स्थिती

बलोचीस्तानका एमपीए हराउनु एउटा संवेदनशील घटना भएको र यस घटनासँग सबन्ध राख्ने अपराधी र अन्य तत्त्वहरूलाई कानुनको दायरामा ल्याउन जरुरी भएको भनी पीपीपीका शीर्षस्थ नेता र सिनेटर सलिम मन्डीवालाले बताएका छन् । ईस्लामावाद मा भएको न्युज विफ्रिंगमा दुवै सिनेटरहरू सलिम र ताज हैदरले यस कुरामा जोड दिएका हुन् ।

सलिम मन्डीवालाका अनुसार बलोचीस्तान मा असाध्यै डरलाग्दो खेल चलिरहेको र उक्त प्रान्तको सुरक्षा स्थिति धेरै संवेदनशील रहेको छ । सलिम मन्डीवालाका अनुसार वलोचीस्तानको एमपीएहरुको अपहरणको घटनाको छानबिन गर्ने र सत्य तथ्य कुरा अगाडि ल्याउने जिम्मेवारी पाकिस्तानी सरकारको हो ।

यसरी संसद्का सदस्यहरूलाई अपहरण गर्ने क्रम अब रोकिनु जरुरी छ भनी सलिम मन्डीवालाले बताएका छन् । बलोचीस्तान को राजनैतिक बिकास क्रम गैर राजनीतिक तत्त्वले बिगार्दै गएकोमा सलिम मन्डीवालाले दुख् व्यक्त गरेका छन् ।

पीपीपी अर्थात् पाकिस्तान पोलिटिकल पार्टीको को बलोचीस्तान घटनाक्रमसँग केही सबन्ध छैन र बलोचीस्तान को घटनाका लागि पीपीपीलाई आरोप लगाइनु अव्यवहारिक हुन्छ भनी सलिमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस