दशैंयता बढेको सुनको भाउ बुधबार भने यसरी घट्यो.. यसरी हुदैछ कारोबार

काठमाडौं : दशैंपछि लगातार बढेको सुनको भाउ बुधबार भने प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घटेर ९२ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० रुपैयाँ रहेको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ६५ रुपैयाँ रहेको थियो ।

यो पनि…. बढ्यो डलरको भाउ सहित आज साउदी,कतार मलेसिया लगायत आज यी देशको मुद्राको भाउ.

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६४ पैसा र बिक्री दर १२० रुपैयाँ २४ पैसा कायम गरेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८३ पैसा र बिक्री दर ९० रुपैयाँ २८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ २९ पैसा छ ।

यसैगरी, युरोपियन यूरो आज एकको खरिद दर १३९ रुपैयाँ र बिक्री दर १३९ रुपैयाँ ६९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६५ रुपैयाँ ३२ पैसा र बिक्री दर १६६ रुपैयाँ १५ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०२ पैसा र बिक्री दर १३० रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७५ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५0 पैसा र बिक्री दर १० रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०२ रुपैयाँ रहेको छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९० पैसा र बिक्री दर ३२ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस