चीनले आफ्नो सीमा क्षेत्रको लागि नयाँ कानून पारित गरेको छ।

चीनले सीमा क्षेत्रको संरक्षण र संबर्धन सम्बन्धी नयाँ कानून पारित गरेको छ। यो कानून जनवरी १, २०२२ देखि लागु हुने छ। जन गणतन्त्र चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता पवित्र र अदृश्य रहेको बताइएको छ।
राष्ट्रिय जन कांग्रेसको स्थायी कमिटीको विधायी सत्रको समापन बैठकमा सांसदहरुले कानून पारित गरेका हुन्।कानून बमोजिम राज्यले क्षेत्रीय अखण्डता र सीमाहरुको रक्षा गर्नुको साथै क्षेत्रीय सार्वभौमसत्ता र सीमाहरु लाई कमजोर पार्ने कुनै पनि कार्यको बिरुद्ध लड्न र बचाउन उपायहरु अपनाउनेछन।

कानूनमा सीमा रक्षा, आर्थिक र सामाजिक विकास गर्नका साथै सीमा क्षेत्रहरु खुल्ला गर्ने, त्यस्ता क्षेत्रहरुमा सार्वजनिक सेवा र पूर्वाधारमा सुधार, जनताको जीवन र त्यहाँ काम गर्न प्रोत्साहित र समर्थन गर्ने, सीमा सुरक्षा र सीमा क्षेत्रमा सामाजिक, आर्थिक विकासबीच समन्वय भएको सिन्ह्वाले जनाएको छ।

उक्त कानुनमा समानता, पारस्परिक विश्वास र मैत्रीपूर्ण परामर्शको सिद्धान्तलाई पछ्याउँने छिमेकी देशहरु संग सीमा विवाद सम्बन्धी विवादहरु लाई उचित तरिकाले समाधान गर्ने।
यो कानुन अफगानिस्तानमा बदलिएको परिदृश्यको बीच र भारतसँगको सीमा विवाद उत्कर्षमा पुगेको आएको छ। अप्रिल २०२० देखि तालिबानले राष्ट्र नियन्त्रण लिएको थियोे।

प्रतिक्रिया दिनुहोस