डण्डीफोरले हैरान हुनुहुन्छ ? यो घरेलु तरिका अपनाउनु होस

पुदिना स्वास्थ्यका हिसावले बहुउपयोगी वनस्पती हो ।अचारको रुपमा खाँदा समेत निकै स्वादिलो हुने पुदिनाका धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुनामा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ भने यसको प्रयोगले विभिन्न समस्यामा राहत पुग्छ ।

अत्यन्त धेरै औषधीय गुण भएको पुदिनाका निम्न फाइदाहरु छन् :

१. नरिवलको तेलसंग पुदिना पिसेर मिश्रण बनाई छाती, नाक र घाँटीमा मालिस गरे श्वासप्रश्वासको समस्या हटेर जानेछ ।

२. दमका बिरामीले पुदिनाको पात तातो पानीमा हालेर बाफ लिदा यो अत्यन्तै लाभदायिक हुन्छ ।

३. हात, खुट्टा र जोर्नीको दुखाईमा बदामको तेलसंग पुदिनाको केही थोपा मिसाएर मालिस गरे दुखाईबाट आराम मिल्छ ।

४. पुदिनाको ताजा रस दिनको २ पल्ट छालामा २० मिनेट सम्म लगाई छोड्ने र चिसो पानीले धुनाले छालाको संक्रमण, दाग तथा डण्डीफोर आएमा हटेर जानेछ ।

५. गर्मीमा हुने मौसमी एलर्जीबाट बच्न पुदिनाको सेवन तथा यसको लेप लगाउनु उपयोगि हुन्छ ।

६. पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट मुक्ति मिल्छ ।

७. पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।

८. पुदिनाको ताजा पातलाई तातापानिमा उमालेर खाएमा रुघाखोकी निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस