सीपीइसी परियोजना भएको ढिलाइले पाकिस्तान र चीनका लगानीकर्ताहरूमा अविश्वास बढ्दै

सीपीइसी अर्थात् चाइना पाकिस्तान ईकोनोमीक करिडर, यस अन्तर्गतका विभिन्न परियोजनाहरू पाकिस्तानी सरकारको ढिलाइका कारण रोकिएका र अड्की रहेका छन् । यसरी सीपीइसी परियोजना भएको ढिलाइले पाकिस्तान र चीनका लगानीकर्ताहरूमा अविश्वास बढ्दै गएको बताइएको छ ।

स्थानीय रिपोर्टका अनुसार सीपीइसी को तेस्रो स्टेरिगं कमिटीको भेला गत अगस्तमा नै भएर समग्र परियोजना हरू सुचारु गर्ने निर्णय भए पनि अहिलेसम्म यो त्यो कार्यान्वयन हुन सकेको छैन । उक्त स्टेरिगं कमीटी भेलाका बारेमा एक्सप्रेस टिव्यूनले पाकिस्तान सरकारका योजना विकास र विशेष विकास कदमहरूका सङ्घीय मन्त्री असद उमर नै सामेल रहेका थिए । तर उक्त भेलाका निर्णयहरू पाकिस्तानको ऊर्जा मन्त्रालयले लागु गर्न नसकेको एक्सप्रेस टिव्यूनले लेखेको छ ।

सीपीइसी अन्त्रगतका ५ परियोजनाहरू त गत अगस्तमा नै व्यवसाहीक रूपमा सुरु भइसक्नु पर्ने थियो, ऊर्जा विभागले यी परियोजनाहरूलाई यथाशक्य छिटो सकाएर सञ्चालन गर्नका लागि विशेष रणनीति तर्जुमा गर्ने भएको छ ।
ऊर्जा विभागले यसरी परियोजनाहरू ढिलाइ हुँदा भौतिक पेनाल्टी तिराउने कुरामा दोधार भएको परियोजनाका चाइनिज लगानीकर्ताहरूको भनाई छ । पाकिस्तानी सरकारको नीतिगत निर्णयमा भएको ढिलाइले यसरी सीपीइसीका परियोजनाहरू अलपत्र परेको र यस कारणले चीनका लगानीकर्ताहरु संग पाकिस्तानी पक्षको अविश्वास बढेको एक्सप्रेस टिव्यूनले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस