बिहान खाली पेटमा लगातार एक हप्ता किसमिसको पानी पिउनुहोस् र हेर्नुहाेस् यस्ताे चमत्कार !

अंगुरलाई सुकाएर किसमिस बनाइन्छ जसमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको पार्याप्त मात्रा हुने गर्दछ ।यस कारण यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ तर आयुर्वेद अनुसार दैनिक किसमिसको साटो यसको पानी पिउँदा धेरै फाइदाजनक हुन्छ ।

भारतका आयुर्बेद एक्सपर्ट अबरार मल्तानीका अनुसार किसमिसमा गुलियो मात्रा बढि हुने भएकाले रातभरी यसलाई भिजाएर राख्दा यसको गुलियो पन कम हुने र पौष्टिक तत्वमा वृद्धि हुन्छ ।कसरी बनाउने किसमिसको पानी एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी धोएको किसमिस हाल्नुहोस् र रातभरी छोडिदिनुहोस् ।

बिहान हल्का तातो बनाएर खाली पेटमा यसलाई खानुहोस् र किसमिसलाई मज्जाले चपाएर खानुहोस् ।

यस्ता छन् किसमिसको पानी पिउनुका फाइदाहरु:-

१) यसमा आइरनको मात्रा पनि प्रचुर हुन्छ । त्यसकारण किसमिस र यसको पानी खाँदा शरिरमा रगतको मात्रा बढ्छ जसले रक्तअल्पत्ता हुनबाट जोगाउँछ ।

२) किसमिस एक उत्कृष्ट डिटक्स गर्ने ड्राइफ्रुट हो । यसको पानीले शरिरको सबै टक्सिन बाहिर निकाल्ने गर्दछ ।

३) किसमिसमा फाइबर र अन्य पोषक तत्व प्रचुर मात्रामा पाइन्छ जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गरेर मुटु रोगबाट पनि जोगाउँछ ।

४) किसमिसमा प्रचुर मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियामा सहयोग पुर्याउँछ । यसको पानी पिउँदा पाच क्रिया सही हुन्छ।

५) किसमिसमा एन्टिब्याक्टेरियल गुण हुन्छ। जसका कारण मुखको दुर्गन्धलाई टाढा राखेर घाँटीको संक्रमणबाट जोगाउँछ ।

६) किसमिसमा क्याल्सियम र माइक्रो न्यूट्रियन्ट पाइन्छ । यसले हड्डी र जोर्नी बलियो राख्न सहयोग गर्दछ ।

थप केहि अनमोल भनाई हरु :

१. थाहा छैन कति बाचिन्छ, जति दिन बाचिन्छ उसकै यादमा बाचिन्छ ।

२. याद त उसको आउदो रहेछ, जसले पटक पटक मन दुखाएर जान्छ ।

प्रतिक्रिया दिनुहोस