यी पाँच भाइकी एक्ली पत्नी, यस्तो छ रात विताउने नियम

काठमाडौ । समाचार यही कलियुगको हो । यो शीर्षक पाँच पाण्डवको कहानीको हैन । जो अहिले निक्कै चर्चामा छ । छिमेकीमुलुक भारतको देहरादुनकी २१ वर्षीया राजो वर्मा ५ भाइकी एक्ली पत्नी हुन् ।

जो हरेक रात आफ्ना एक पतिका साथ रात विताउने गर्छिन् । राजोका एक छोरा पनि छन् र उनी आफ्ना पतिसँग खुशि छिन् । त्यस्तै उनका पतिहरुले पनि आफूहरु एक पत्नीकै साथ सन्तुष्ट भएको बताएका छन् ।

महाभारतमा ५ पाण्डवकी एक्ली पत्नी थिइन्, द्रौपदी । ठीक त्यस्तै पौराणिक कथा जस्तो लाग्ने राजो वर्माको विवाह ५ भाइसँग ७ बर्ष अघि भएको थियो । अहिले उनीहरुसँग ७ बर्षकी छोरीपनि छिन् । राजोलाई यो कुरा थाहा छैन कि उनको बच्चा ५ भाइ मध्ये कसको हो ?

तथापी राजो आफ्ना पाँचै पतिसँग खुशि छिन् । देहरादुनको उक्त गाउँमा यस्तो परम्परागत रीति भएका कारण आफूहरुले समेत यसलाई मान्दै आएको राजोको पतिहरुको भनाई रहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् ।

यद्यपी उनीहरु सबैजना एक अर्काबिच उत्तिकै प्रेम गर्छन् । गरिब परिवारका यी दाजुभाईको घरमा जम्मा एउटै कोठा छ । उनीहरु श्रीमतीसँग दिनमा १ जनामात्रै सँगै सुत्छन् ,जहाँसम्मकी उनले आफुले जन्म दिएकी छोरी कुन श्रीमानबाट जन्मिएकी हुन् थाहा छैन । श्रीमानहरुलाईपनि यो थाहा छैन । यसैले ५ जनाले नै आफ्नी छोरी स्वीकार गरेका छन् ।

महाभारतमा जस्तै उनीहरु बीच कुनै मनमुटाव तथा द्वेश छैन मिलेर बस्छन् श्रीमती पनि हरेक सँग समान माया र आदर भाव गर्छिन एक भाई श्रीमती सँग हँदा अरु सबै बाहिर मझेरीमा सुत्छन् अनी आ–आफ्नो पालो कुरेर श्रीमतीको कोठीमा जान्छन् ।

जुन कुरा देहरादूनको हिमालय गाउँको परम्परा अनुसार एक जना भाईसँग बिहे गरे उसका सबै भाईलाई श्रीमान् मान्नुपर्ने भएपछि राजमोले सबैलाई श्रीमानका रुपमा अपनाएकी हुन् । जुन विश्वकै अनौठो परम्पराका रुपमा सबैले हेर्दै आएका छन् । यो परम्परा नेपालको उपल्लो मुस्ताङ्गमापनि अझैपनि छ ।

प्रतिक्रिया दिनुहोस