बुढीकन्या तब्बूले भनिन् : अजयका कारण अविवाहित छुँ

अभिनेत्री तब्बूले अभिनेता अजय देवगनकै कारण विहे नगरेको बताएकी छन् । ४९ वर्षीया तब्बूले एक भारतीय पत्रिकालाई अन्तर्वार्ता दिँदै भनिन्, ‘अजय र म कलेजदेखि चिनजानमा छौँ, उनी कुनै समय नजिकका साथी हुने गर्दथे,

म सानी छँदा अजय र उनका कजन समीर आर्यले मलाई गहिरो नजरले हेर्दथे, दुवै जना बदमास थिए ।’अजयले आफ्नी खास साथी तब्बूको विहे होस् भन्ने चाहेका छन् । तर तब्बू पहिलेदेखि नै भन्ने गर्थिन् ‘मेरो लागि राम्रो केटा खोज ।’ यो सवै मजाक मजाकमा भनेको बताए पनि तब्बूले आफूहरू निकै नजिकका साथी भएको बताएकी छिन् ।

पहिलो पटक सन् १९९४ मा विजयपथ चलचित्रमा दुवैले स्क्रिन सेयर गरेका थिए । केटा साथीहरूमा सबैभन्दा नजिक अजय नै रहेको उल्लेख गर्दै तब्बूले अजय निकै प्रोटेक्टिभ रहेको बताइन् ।‘अजय धेरै प्रोटेकटिभ भएर नै मेरो लभ अन्यसँग परेको छैन’ तब्बूले अन्तरर्वार्तामा भनिन् ।

उनले ठट्यौली शैलीमा अजय र उनका साथीहरूको कारण आफूलाई कुनै केटाले प्रपोज समेत गर्ने आट नगरेको बताइन् ।‘अजय पहिले देखि नै यस्तै थिए, उनलाई देख्ने कलेजमा समेत डराउथे’ तब्बू भन्छिन्, ‘अब भन्नुस मैले कसरी प्रेम गर्न सक्थे । ‘तब्बूले अजयसँग हिककत, तक्षक र दृश्यममा काम गरेकी थिइन् ।

उनको नाम धेरै अभिनेतासँग जोडिँदै आइरहेकाे हामिले समाचारमा सुन्ने गरेका छाैँ, तर भने उनी अहिलेसम्म अविवाहित नै छिन् । उनी १५ वर्षसम्म दक्षिण भारतीय अभिनेता नागार्जुनसँग प्रेम सम्बन्धमा थिइन् । तर, नागार्जुन विवाहित थिए । त्यसैले उनीहरुको बीचमा विवाह हुन सकेन ।

प्रतिक्रिया दिनुहोस