आमालाई मारिदिए उसले छोड्नै सकेन, अब कसले माया गर्छ भन्दै सानी नानीले आँशु खसाल्न थालेपछि…

काठमाडौ । आज काठमाडौ जाने क्रममा एकजना बहिनीले सानो बाँदरको बच्चा बोकेको देखियो । मैले ति बहिनीलाई सोधेँ यो बाँदरको बच्चा कहाँ लान लागेको ?

बहिनीको उत्तर यस्तो थियो – हामी ठुलो ममीको घर गएका थियौं त्यहाँ मकै खान आएको भनेर उसको आमालाई त्यहाँका मान्छेहरुले मारे ।

अनि यो सानो बच्चा उसको आमालाई नछोडी कुरेर त्यही बसेको थियो । उसलाई के थाहा उसको आमालाई कसैले मारे भनेर ।

बाँदरको बच्चाले उसको आमालाई नछोडेपछी आफूलाई माया लाग्यो अब उसको आमा पनि छैनन् । कस्ले उसलाई माया गर्छ, कस्ले खुवाउँछ बरु म नै उसलाई पाल्छु भन्ने आयो ।

त्यही भएर काठमाडौ लिएर आएको दाई भनिन् । उनले घरमा नै पाल्छु । जति बाँच्छ खुशी बनाएर पाल्छु भनिन् । दरको बच्चा पनि उनी सँग मात्र खाने, खेल्ने गर्दो रहेछ ।

एउटी सानी बहिनीको त्यो जनावर प्रतिको मायाले मेरो पनि मन छोयो । सबैको बाँच्न पाउने अधिकार छ । यी बहिनी जस्तै सबैले सोचौँ । सानै भएपनि महान सोचका लागि बहिनीलाई सलाम ।

प्रतिक्रिया दिनुहोस