एउटा सिक्काको मूल्य २ अर्ब २० करोड रुपैयाँ ! आखिर के थियो त्यो सिक्काको विशेषता

एउटा सिक्काको मूल्य कति पर्ला ? सामान्यतया सिक्काको मूल्य त्यही सिक्कामै लेखिएको हुन्छ । अ’मेरिकामा यस्तै एउटा सिक्का अहिले चर्चामा छ ।

यो सिक्का २० डलरको सिक्का हो अर्थात यसमा लेखिएको मूल्य २० डलर अर्थात २ हजार ३ सय रुपैयाँ मात्रै हो । तर, त्यो सिक्का १८.९ मिलियन डलर अ’र्थात २ अर्ब २० करोड रुपैयाँमा बिक्री भएको छ । हेर्दा सामान्य देखिले यो सिक्काको लिलामी भएको थियो जसमा यो सिक्का यति महंगो मूल्यमा बि’क्री भएको हो । सोही लि’लामीमा एउटा अत्यन्तै दु’र्लभ हुलाक टिकट पनि ८.३ मिलियन डलरमा बि’क्री भएको छ ।

समाचार ए’जेन्सी रोयटर्सका अनुसार मंगलबार न्यू’योर्कमा भएको लिलामीमा सन् १९३३ को यो डबल इगल सुनको सिक्काको लिलामी भयो । यो सिक्काको लि’लामीले सबै रेकर्ड तोडेको छ । कानुनी रुपमा डबल इ’गलको यो सिक्का निजी हातमा थियो । सोथबे अ’क्सनमा लिलामी बिक्री भएको यो सिक्का १० देखि १५ मि’लियनसम्ममा बिक्री हुन सक्ने अनुमान गरिएको थियो तर यसको बिक्री मूल्यले सबै रेकर्ड तोडिदियो ।

२० डलरको यो डबल इगल सिक्काको एकपट्टि उडिरहेको चीलको डिजाइन छ । अर्कोतिर अघि बढिरहेको लिबर्टीको डि’जाइन छ । यो सिक्का जुत्ता डि’जाइनर तला सं’कलक स्टुआर्ट वि’ट्जम्यानले बेचेका हुन् ।

विशेषज्ञका अनुसार अमेरिकामा प्रयोजनमा आएको अन्तिम सुनको सिक्का भएको कारण यसको मूल्य यति धेरै बढेको हो । वि’ट्जम्यानले नै सोही लिलामीमा ब्रिटिस गुयाना वन सेन्ट म्याजेन्टा हुलाक टिकटलाई ८.३ मिलियन डलरमा बेचे । यो इतिहासकै सबैभन्दा मूल्यवान हुलाक टिकट बनेको छ ।

प्रतिक्रिया दिनुहोस