नेपाल चीन सीमामा पनि समस्या छ :अध्ययन टोलीको निष्कर्ष

गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन सिमाना गएका विशेषज्ञ अध्ययनकर्ताहरूको टोलीले गरेको अध्ययनको निष्कर्षमा चीनसङको सिमाना पनि समस्या रहेको पाइएको हो ।

सहसचिव जय नारायण आचार्यको नेतृत्वमा फिल्ड गएको प्यानलले गृहमन्त्री बाल कृष्ण खाँडलाई रिपोर्ट हस्तान्तरण गरेको हो । नेपाल चीन सीमाको बोर्डर पिलर ४ देखि १३ सम्ममा दर्जनौँ सीमा समस्या रहेको दर्शाँउदै अध्ययन टोलीले सुझाव सहितको प्रतिवेदन हस्तान्तरण गरेको हो । नेपालको राज्य नीतिहरूमा नै सीमा समस्यालाई राखेर सम्बोधन गरिएमा सीमा विवाद समाधानका लागि सङ्गठनात्मक कदमहरू निर्माण हुने टोलीले आफ्नो प्रतिवेदनमा जनाएको छ ।

यस्ता संवेदनशील सीमा समस्याहरू स्थायी संरचनात्मक रूपमा समाधान गरिनुपर्नेमा राज्यका तर्फबाट त्यस्तो कुनै कदम नचालिएको समेत उक्त प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनका अनुसार सन् १९६३को बाउन्ड्री प्रोटोकोलले पिलर नम्बर ५ को २ देखि खित्त खोलाको मध्यसम्म दुई देशको सीमा तोकेको थियो । उक्त क्षेत्र नेपालको भागमा पर्दछ ।

तर अहिलेको स्थलगत भ्रमणमा चीनिँया पक्षले नेपाली क्षेत्रमा नै तार बारहरू लगाएको पाइयो भनी प्रतिवेदनमा उल्लेख गरिएको छ । चीनिँया पक्षले नेपाली भागमा नै २४५ मिटरको स्थायी नहर निर्माण गर्न खोजेको सम्म पाइएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । चीनिँया पक्षले बाटो नै बनाउन खोजेको र नेपाल प्रहरीले गएर संरचनाहरू हटाएको थियो, अभै पनि चीनले जबरजस्ती बनाउन खोजेको बाटोका संरचना नेपाली भूभागमा देखिने प्रतिवेदनमा लेखिएको छ ।

नेपाली भूभागमा पर्ने पिलर ६ को २ मा चीनिँया पक्षले तारवार गरेको समेत पाइएको छ । पिलर ६ को १ र ५ को २ का बिचमा चीन पक्षले जबरजस्ती आफ्नो उपस्थिति कायम गर्न खोजेको देखिन्छ । चीन पक्षको पिलर ७ को २ चाहिँ नेपाली सुरक्षा दस्ताले नभेटेको पाइयो । सन् १९६३ को बाउन्ड्री प्राटोकोल चीन पक्षले अत्यधिक रूपमा तोडेको पाइयो, नेपाल चीन साझा पिलर वाट ३२ मिटर पर रहेको पिलर १० पनि चीनिँया पक्षले पूर्ण रूपमा नष्ट गरेको अवस्थामा पाइयो । पिलर ५ को २ र ४ बिचमा चीनिँया पक्षले नेपालीहरूको बस्तुभाउ सम्म चर्न नदिएको पाइयो ।

सन् १९६३ मा लीमी लाप्चा क्षेत्रमा पासहरू, पानीका मुहान र चुचराह रुको आधारमा सीमा तोकिएको थियो भनी प्रतिवेदनमा उल्लेख छ । यसरी सीमा पानुम चुचरोवाट दक्षिण भागमा रहेको जुन पिलर १२ को पश्चिममा लासुगं पासको मुहान तर्फ पर्ने थियो । र त्यसपछि उत्तरतर्फ ५१६५ मिटरको उचाइ सम्म सीमा पर्ने थियो । यस हिसाबले सीमा जाँच गर्दा नेपाली सिमाना पर्ने लालुगं क्षेत्रमा समेत चीनिँया सेनाको उपस्थिति भएको पाइयो, यसले गर्दा नेपालीपक्षको कैलाश मानसरोवर तिर्थयात्रामा समेत कठिनाइ उत्पन्न भएको पाइयो ।

स्थानीयहरूका अनुसार पनि आफ्नै देशको माटोमा पनि नागरिकहरूलाई आवागमन कठिनाइ भएको छ । उक्त रिपोर्टमा स्थानीय नेपालीहरूको उत्तरी सीमाप्रतिको निर्भरताको पनि कुरा उठाइएको छ । लीमी लाप्चा र हिल्सा क्षेत्रमा नेपालीहरु तिब्बती बजार तर्फ असाध्यै धेरै निर्भर रहेको पाइयो । उनीहरूको तिब्बती बजार तर्फ आवागमन र निर्भरताका कारणले सीमा सुरक्षाका लागि खासै चासो नदिएको पनि प्रतिवेदनमा उल्लेख छ । सीमाका बारेमा

खुलेर उनीहरूले कुरा नगर्नुका कारण दुई देशको सम्बन्ध बिग्रेमा भोलि सीमा समस्या आएर बजार आवागमनमा समस्या आउन सक्ने सम्भावनाका कारणले भएको समेत रिपोर्टमा उल्लेख छ ।
उक्त प्रतिवेदनले नेपाल चीन दुई पक्षिय विशेषज्ञ दलहरूको साझा निरीक्षण वाट समस्या समाधान गर्नुपर्ने कुरामा जोड गरेको छ । मङ्गलवारका दिन नेपाली परराष्ट्र मन्त्री नारायण खड्काले चीनका समकक्षी वागं
ली सँग टेलिफोन वार्ता गरेका थिए, यसका क्रममा सीमा समस्याको पनि कुरा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस