ट्यांकीमै हुन्छ माछापलन,यस्तो छ माछापालन गर्ने तरिका

के हो ‘बायोफ्लक’ प्रविधि ?
माछापालन व्यवसाहयमा एउटा नयाँ आयाम बनेको छ बायोफ्लक । माछा पालनको पुरानो तरिका ‘पोखरीमा माछापालन’ भन्दा अलि भिन्न छ वायोफ्लक विधि । बायोफ्लक प्रविधि भनेको ट्यांकीमा माछापालन गर्ने प्रविधि हो । बायोफ्लकमा माछा पालन गर्दा ट्यांकीमा माछाको पर्यावरण अनुरुपको वातावरण तयार गरिन्छ ।

पर्यावरणको हिसाबले नेपालको भित्रि मधेश र तराईमा यस किसिमको माछापालनको व्यापक सम्भावना रहेको छ । तराई र भित्रि मधेशमा एक सालमा २ पटक सम्म उत्पादन गर्न सकिने चितवनमा बायोफ्लक माछा पालन गरिरहेका कपिल राज रेग्मी बताउछन् ।

पछिल्ला केही बर्षमा नेपालमा वायोफ्लक प्रबिधिबाट माछा पालन गर्न किसानहरुको पनि चासो बढ्दो छ । पर्याप्त सुचनाको अभावमा देशका कुना काप्चा सम्म बायोफ्लक प्रविधि बारे जानकारी नपुगे पनि नेपालको चितवन जनकपुर सिन्धुली बारा जस्ता जिल्लाहरुमा भने बायोफ्लको सफल परिक्षण भईसकेको छ । परम्परागत पोखरीमा गरिने माछापालन भन्दा बायोफ्लक अलि भिन्न छ । माछापालनको यस किसिमको प्रविधिलाई बैज्ञानिक माछापालन पनि भन्ने गरिन्छ । नेपालमा बायोफ्लक प्रविधि भित्रनुभन्दा अगाडी यसअघि नेपालमा पुरानो पोखरीमा मात्र माछा पाल्ने गरिन्थ्यो ।

वास्तवमा माछा पालनको यो नयाँ प्रविधिमा कसरी माछा पालन गरिन्छ ?
वायोफ्लक प्रविधिबारे कपिल भन्छन् – बायोफ्लक के हो यस प्रविधिबाट माछापालन कसरी गरिन्छ भन्ने धेरैको चासो हुन सक्छ । जमिनको सतहभन्दा माथी जमिनलाई हानी नपुर्याई ट्यांकी मार्फत माछा पालन गर्न सकिने प्रविधिलाई बायोफल्क भनिन्छ । यस प्रविधिबाट माछा पालन गर्दा कम घनत्वमा बढी माछा पालन गर्न सकिन्छ । यस प्रविधिमा माछा पालन गर्दा पानीमा ब्याकटेरीया उत्पादन गरी माछालाई सुहाउदो बातावरण तयार गरिन्छ ।

बायोफ्लक प्रविधि बारेमा जानकारी दिदैँ कपिले भने – माछाले फ्लक खाने र फ्लकले प्राङ्गारिक पदार्थ खाने हुँदा यसमा जलीय पर्यावरण चक्र सन्तुलन हुन्छ । बायोफ्लक प्रविधिबाट माछापालन गर्न एरियसन पम्प, तारपोलिङ, पानीको प्यारामिटर नाप्ने उपकरण आवश्यक पर्दछ । ट्याङ्की निर्माण गरेर माछा हालेपछि यस्ता उपकरण अनिवार्य राख्नुपर्छ । यो प्रविधिबाट उत्पादन भएको माछा स्वस्थ हुन्छ । “बायोफ्लक प्रविधिबाट उत्पादन भएको माछा फोहर हुँदैन । यो प्रविधिमा पानी परिवर्तन गरिरहनु पर्दैन ।”

बायोफ्लकमा माछापालन गर्दा पानीमा रहेको एमोनीयालाई नष्ट गर्न ब्याकटेरीया उत्पादन गरिन्छ । ब्याक्टेरीया उत्पादन गर्ने प्रविधि नै यसकिसिमको माछापालनको प्रमुख शुत्र हो । ब्याक्टेरीयाले पानीलाई माछाको पर्यावरण अनुकुल बनाउने काम गर्दछ । माछाको भुरा राख्नु अगाडी सर्वप्रथम साधा पानीमा खुदो वा मलासीस राख्ने गरिन्छ त्यसपछि अक्सिजनको मात्रा मिलाईसकेपछी पानीमा ब्याक्टेरीया तयार हुन्छ जसले माछालाई हानी गर्ने किसिमका पदार्थहरुलाई नष्ट गर्ने काम गर्दछ । त्यसपछि सम्भब हुन्छ सानो क्षेत्रफलमा प्रविधिक माछापालन ।

यो प्रविधिमा थोरै जग्गा भएकाले माछापालन गर्न सक्छन् । थोरै जग्गामा धेरै पाल्न मिल्ने र निकाल्न (हार्भेस्टिङ) सजिलो हुन्छ । जुन माछाको माग बढी छ, त्यसलाई लक्षित गरेर माछापालन गर्न सकिन्छ । माछा पाल्नकै लागि खाडल खन्न नपर्ने भएपछि जमीन बिग्रँदैन । पानीको स्रोत कम भएको ठाउँमा यो प्रविधि निकै लाभदायी हुन्छ । पहाडी भेगका साना गरामा पनि यो प्रविधिमार्फत माछापालन गर्न सकिन्छ ।
यो प्रविधिबाट पालिएका माछालाई प्रोटिनयुक्त दाना खुवाइने हुनाले यसबाट उत्पादन हुने माछा स्वस्थकर र स्वादिलो हुन्छ ।

सामान्यतया पोखरीको तुलनामा कम मात्रामा दाना खुवाएर माछा उत्पादन गर्न सकिन्छ । पोखरीको हिसाबमा यो धेरै सस्तो हुन्छ । परम्परागतरूपमा माछापालन गर्दा एक कट्ठा जग्गामा १५० केजीदेखि ३०० केजी मात्र माछापालन गर्न सकिन्छ तर यो प्रविधिमा सोही बराबरको जग्गामा छ हजार केजीसम्म उत्पादन गर्न सकिन्छ ।

एक कट्ठा जग्गामा तीन डायमिटरका १६ वटा ट्याङ्क अट्छ । जसले एक सिजनमा छ हजारदेखि आठ हजार केजीसम्म माछा उत्पादन गर्न सकिन्छ । माछापालनमा प्रयोग हुने ट्याङक फरक फरक साइजको हुन्छ । सामान्यतया एउटा तीन मिटर व्यासको व्यवस्थित ट्यांक निर्माण गरेर ट्यांकमा माछाका भुराहरु राख्दा सम्म एक ट्यांकीको लगानी ६० देखी ७० हजार सम्म पर्ने गर्दछ । माछा उत्पादन भइसकेपछी पुंन त्यहि ट्यांकी प्रयोग गर्न मिल्ने भएका कारण दोस्रो पटकको उत्पादनमा लागत कम लाग्छ ।

पछिल्लो समय बायोफ्लक प्रविधि जस्तै माटोको भाँडामा माछापालन प्लास्टीको ट्यांकीमा माछापालन जस्ता सम्भावनाको पनि अनुसन्धान भइरहेको छ । नेपालमा नेपालका लागि विल्कुलै नयाँ प्रविधि भएका कारण सरकारी स्तरबाट नार्क, कृषी तथा पशुपंक्षी बिकास मन्त्रालय,प्रदेश र स्थानिय तहहरुले यसको सम्भावना बारे अध्यान गरिरहेका छन् ।

बायोफ्लक प्रविधि बढि जाडो हुने भूभागमा भने त्यति सफल मानिदैन । तर गर्मी हुने तराई र फाँटहरुका माछा पालकका लागि भने बायोफ्लक बरदान साबित हुने सरोज बताउछन् । बायोफ्लकमा पोखरीमा नै पालिने किसिमका माछाहरु पालीदैन पोखरीमा पालीने माछाहरुलाई ठूलो क्षेत्रफल चाहिने भएका कारण ट्यांकीमा यस किसिमका माछा नबढ्ने समस्या देखिन्छ । बायोफ्लकमा सामन्यतया इन्डियन कंगास (बैठा) फिलापिया (भाले प्राजाती) कमन कार्क, जस्ता माछाका प्रजातीहरु पालन गरिन्छ ।

बायोफ्लक प्रविधिबाट गरिने माछा पालनमा पर्याप्त सम्भावना देखेपछि सरकाले पनि यस किसिमको माछा पालन गर्ने किसानलाई ५०% अनुदानको व्यवस्था गरेको छ ।

यो प्रविधिमार्फत माछापालन गर्नका लागि प्राविधिक ज्ञान आवश्यक पर्छ । ब्याक्टेरिया हुर्काउन पर्ने, पानीमा विभिन्न तत्वको मात्रा मिलाइरहनुपर्ने हुनाले प्राविधिक ज्ञान आवश्यक पर्छ । यो प्रविधि धेरै फाइदाजनक देखिए पनि यसका चुनौतीलाई राम्रोसँग सामना गर्न सकेन भने धेरै समस्यासमेत आउन सक्छ । यसमा विशेष गरेर विद्युत लगातार आवश्यक हुन्छ । यो प्रविधिमा सफल हुनका लागि समयको व्यवस्थापन जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस