श्रीनगर बाट शारजाह सम्मको सोझो विमानसेवा सुरुवात : सातामा चारवटा उडान हुने

वाडिया ग्रुपद्वारा सञ्चालित गो फस्ट विमान सेवाले युएईको शारजाह सम्म श्रीनगर बाट हवाई उडान सुरु गरेको छ । भारतीय आन्तरिक विमान कम्पनीहरू मध्य पहिलो कम्पनीका रूपमा भारतको श्रीनगर वाट अन्तर्राष्ट्रिय उडान गर्दै शारजाह सम्मको उडान गत शनिवार वाट सुरु भएको हो ।

जम्मु र कश्मीर लाई अन्तर्राष्ट्रिय कनेक्टिभिटी प्रदान गर्दै गो फस्टले एयरबस ३२० नियो मोडलद्वारा सेवा दिन थालेको हो । पहिलो फ्लाइट जी८ १५९५ श्रीनगर को शेख उल अलम विमानस्थलबाट गत शनिवार ६ ३० बजे साँझमा उडेको हो । श्रीनगर र शारजाह बिचमा सातामा चार वटा उडान हुने बताइएको छ । गो विमान सेवाका अनुसार यी उडानहरूले दुई सहरहरूका बिच व्यापार र लगानी दुबैमा सहजीकरण गर्ने र टेवा पुर्याउने छ ।

६ जना गर्भवती युवती लिएर साथीको बिहेमा पुगेका युवकले भने–‘यी सबै बच्चाको बाउ म हुँ’
काठमाडौं। बिहे चलिरहेका बेला बिहे समारोहमा एक जना युवक आए । उनको साथमा ६ जना युवती थिए र ती सबै गर्भपती थिए । ती युवकले ती सबै ६ युवतीको पेटमा हुर्किरहेका बच्चाको पिता आफू रहेको बताए । प्रिटी माइक नामका यी व्यक्ति अहिले अन्तर्राष्ट्रिय मिडियामा छाएका छन् । उनका तस्वीर सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

बेलायती अखबार द सनका अनुसार प्रिटी माइउक नाइजेरियाका अुन् र उनी प्लेब्वायको रुपमा चर्चित छन् । यसअघि पनि उनको बेलाबेलामा निकै चर्चा भएको थियो । २०१७ मा महिलाहरुको आपत्तिजनक फोटो पोस्ट गरेको अभियोगमा उनी पक्राउ पनि परेका थिए । अहिले उनी ५ जना गर्भवती युवती लिएर आफ्ना एक साथीको बिहेमा पुगेका थिए ।

उनका साथी विलियम्स उचेम्बाको बिहे कार्यक्रममा सहभागी हुन उनी ६ जना गर्भवती युवती लिएर गएका थिए । उनी यसरी गएपछि बिहेमा बेहुला बेहुली भन्दा प्रिटी धेरै चर्चामा रहे । सामाजिक संजालमा प्रिटी माइकले आफूले सबैभन्दा राम्रो जीवन बाँचिरहेको र यो कुनै अभिनय ट्रिक नभएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस