सबै काम सँगसँगै गर्ने दिदीबहिनीको ब्वाइफ्रेण्ड पनि एउटै, एकैचोटी गर्भवती हुने चाहना

काठमाडौं। जुम्ल्याहा दिदीबहिनीहरु सबै काम एकसाथ गर्छन् । उनीहरुको शरीर दुईवटा छ तर बाँकी सबै कुरा एउटै जस्तो छ । उनीहरु सबै काम एकसाथ गर्ने मात्रै होइन उनीहरुको ब्वाइफ्रेण्ड पनि एउटै छन् । यी दिदीबहिनीहरु केही समय अगाडि टिएलसी एक्ट्रीम सिस्टर्स नामको टेलिभिजन शोमा देखिएका थिए । एना र लुसी डिसिंक नामका यी दिदीबहिनीको बारेमा उनीहरु विश्वमै सबैभन्दा निकट सम्बन्ध भएका जुम्ल्याहा भएको समेत दावी गरिन्छ ।

अस्ट्रेलियाका यी दिदीबहिनीले साथमा खाना खान्छन्, साथमा नुहाउँछन्, उस्तै कपडा लगाउँछन्, साथमै शारीरिक व्यायाम गर्छन्, शौचालय पनि साथमै जान्छन् र एउटै ओच्छ्यानमा सुत्छन् । यी दुईका ब्वाइफ्रेण्ड पनि एउटै हुन् र यी दुई एकसाथ गर्भवती हुन चाहन्छन् । यिनीहरुका ब्वाइफ्रेण्ड ४० वर्षका बेन हुन् । बेन पनि एना र लुसीकै साथमा सुत्छन् । यी दुईले एकसाथ बेनको बच्चाको साथमा गर्भवती हुन चाहन्छन् तर अस्ट्रेलियाको कानुनले उनीहरुलाई समस्या पारिरहेको छ ।

लुसी र एनाले बेनलाई २०१२ मा भेटेका थिए । पेशाले मेकानिक बेनसँग यी दुवैले विवाह गर्न चाहन्छन् तर अस्ट्रेलियाको कानुनअनुसार यसो गर्न पाइँदैन । अस्ट्रेलिया म्यारिज एक्ट १९६१ अनुसार एक व्यक्तिले दुई विवाह गर्न पाइँदैन । टेलिभिजन शोमा यसबारे कुरा गर्दै दिदीबहिनी निकै भावुक भए किनकि उनीहरुले लामो समयदेखि विवाहको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस