घर र अफिसमा राख्नुस् यी ५ बिरुवा, प्राप्त हुनेछ सकारात्मक ऊर्जा

काठमाडौ । सकारात्मक ऊर्जाको हामी सबैलाई आवश्यकता हुन्छ। आफ्नो आसपासमा सकारात्कमता बनाइराख्नका लागि हामी कयौं प्रयास गछौं ताकि पोजेटिभ इनर्जीको माहोल बन्न सकोस् अनि सबै नकारात्मक ऊर्जा हामीबाट टाढा जाओस्।

सकारात्मक ऊर्जाका लागि केही केही बिरुवाले पनि साथ दिने गर्छन्। हरियालीमा मानिसको मनमा सकारात्मक ऊर्जा दिन सहायता गर्छ । त्यस कारण केही यस्ता बोट–बिरुवा छन्, जसले हामीलाई ऊर्जावान बन्न मद्दत गर्छन्।

तुलसी

तुलसी स्वास्थ्यका हिसाबले पनि निकै गुणकारी वस्तु हो। यो गुणकारी बिरुवा स्वास्थ्यका लागि मात्र होइन सकारात्मक ऊर्जाका लागि पनि निकै फाइदायुक्त हुन्छ।

मेहन्दी

सकारात्मक ऊर्जाका लागि शरीर तथा मन चुस्त र दुरुस्त हुन आवश्यक हुन्छ । शरीर र मनको थकानलाई टाढा गर्न लागि मेहन्दी निकै फाइदाजनक हुन्छ । यो बिरुवा घरमा राख्दा निन्द्रको समस्या समेत अन्त्य हुन्छ ।

मनिप्लान्ट

घरको वातावरणलाई खुसी र सकारात्मक बनाउनका लागि मनिप्लान्ट पनि निकै सहयोगी हुनेछ । यस बिरुवाले घरमा रहेको नकारात्मकतालाई बाहिर लैजान्छ।

घ्यूकुमारी

शरीरको सुन्दरताका लागि एलोभेराको निकै महत्त्व छ तर के तपाईंलाई घरमा रहेको नकारात्म ऊर्जा हटाउनका लागि एलोभेरा महत्त्वपूर्ण हुने कुरा जानकारी छ ?

बाँस

बेम्बो ट्रीले भाग्य तथा प्यारयुक्त अवस्था बनाइराख्नका लागि सहयाता गर्छ। यो सानो खालको बाँसलाई खासै हेरचाहको आवश्यकता पनि पर्दैन। सानो शिशाको भाँडोमा थोरै पानी रखेर एक कुनामा यसलाई राख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस