चीनको कारावासमा मरेका तिब्बतका भिक्षुको प्रमाण मेटाइयो

अक्टोबर २८, बेइजिगं टुल्कु तेन्जीगं देलेक तिब्बतका असाध्यै प्रसिद्ध भिक्षु थिए, सिचुवान कारावासमा यी भिक्षुको रहस्यमयी मृत्यु भएको थियो । मान्छेहरूले भिक्षुको रहस्यमयी मृत्यु भएको कुरालाई चर्चा गर्न थाल्दा थाल्दै चीनको नेतृत्वले भिक्षु देलेकको मृत्यु सम्बन्धी चर्चाहरु गरिनुलाई सार्वजनिक अपराध सरह ठहर गरेको हो ।

रेडियो फ्री एसियाका साइगाल कुन्चोक का अनुसार चीनको नेतृत्वको प्रत्यक्ष निर्देशनमा भिक्षु तेन्जीगं देलेक सम्बन्धी जानकारीहरू आधिकारिक साइटहरू बाट हटाएको र भिक्षुको सम्झनामा राखिएका आधिकारिक च्याट ग्रुपहरु समेत डिलिट गरेको छ ।

भिक्षु सम्बन्धी गुम्बा र अन्य धार्मिक पूर्वाधारहरू समेत चीनको अधिकारीहरू र सरकारको प्रत्यक्ष निर्देशनमा हटाउन थालिएको र तिब्बतीहरूको धर्म र अध्यात्मका भएको लगानीलाई सोझै मेटाउँदै लैजान खोजिएको रेडियो फ्री एसियाले लेखेको छ ।

यसरी चीनको सरकारको निर्देशनमा भिक्षुको योगदानलाई हटाएर चीन सरकारको गुणगान भएका पर्चाहरू बाँडिन समेत थालिएको रेडियो फ्री एसियाले लेखेको छ ।
भिक्षु सम्बन्धी जानकारी र भिक्षुको मृत्युप्रति शोक जाहेर गर्न खोलिएका ५० भन्दा बढी अनलाइन च्याटहरूलाई चीन सरकारले रोकेको र उक्त च्याटका सदस्यहरूलाई प्रहरीले सोधपुछ समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस