अफगानिस्तानका गाउँका बालकथाहरूमा स्कुल गएका बालिकाहरूको कथा

ग्रामीण अफगानिस्तानकी मिना अहमद आफ्नो घरको भत्केका भित्ताहरूमा सिमेन्ट र बालुवाका घोलहरू छर्किरहेको अवस्थामा भेटिइन । हातमा मिनाले लगाएकी प्लास्टिक र इलास्टिकले बेरेको हातको पन्जा सँगै मिनाले तालिबान शासनमा शासकहरूलाई स्वागत गरेकी हुन सक्दछिन् ।

सलर गाउँमा बस्ने मिनाले तालिबान शासन अन्तर्गत यति धेरै सीमा र सङ्घार भित्र बस्नु पर्दछ भन्ने बल्ल बुझ्दै छिन् । ४५ वर्षीय मिनाले दुई दशक त युद्ध नै देखिन, अब आएको शान्ति पनि यतिको सीमाभित्र छ कि मिनाले युद्ध र शान्तिमा कुनै फरक पाएकी छैनन् ।

मेरो जीवन त जसोतसो कट्यो तर मेरा १३, १२ र ६ वर्षीय छोरीहरूले विद्यालय जान नपाएकाले मेरो मन अमिलो भएको छ भनी मिनाले बताइन् । वार्दाक प्रान्तका पहाडहरूको श्रृखलामा लुकेर बसेको सलर गाउँ पछिल्ला २ वर्ष देखि नै तालिबानको शासनमा छ । गाउँमा तालिबान आएपछि एउटा नयाँ मौन अध्यायको सुरुवात भएको छ, आकाशमा हेलिकप्टर र मोर्टारको आवाज छैन र बाहिर गएका लडाकु युवाहरू पसिन घर फर्कन थालेका छन् ।

केवल कृषिमा मात्र भर परेको सलर गाउँमा अब नयाँ त्रासले सताउन थालेको छ । देशको बिग्रँदो अर्थतन्त्र, बढ्दो खाद्यान्नको मूल्य र हुँदै गएको अफ्ठेरो बजार अवस्था बिच कसरी बाँच्ने भन्ने त्रासले हिमाल माथिको गाउँ सलरलाई पनि सताउन थालेको छ । यसरी मोफसलको गाउँमा त यत्रो त्रास बढाएको अफगानको बिग्रँदो अर्थतन्त्रले सहरहरूमा कत्रो त्रास ल्याएको होला ? सबैलाई त्रास छ ।
सलरका बासिन्दाले पनि तालिबान आउने खबर सुनेर खुबै उत्साह मनाए तर उत्साहहरू टिक्न सकेनन् ।

गाउँमा बिदेशी सहयोगमा खुलेको सानो महिला स्कुल चलाउन पनि तालिबानहरूलाई सिफारिस गरेर सलरवासीहरु थाकिसकेका छन् । उक्त स्कुल खुले पनि धार्मिक ज्ञान दिने मर्दसाका रूपमा मात्र खुल्ने पक्का भयो , सलरवासीहरुलाई धर्म हैन कर्म पढाउने आधुनिक शिक्षा पद्धति चाहिएको छ ।

मर्दसामा बिहानै ३८ जना चेलीहरू पढ्न आउँछन्, शिक्षिकाले हातमा छडीहरू लिएर कुरानका हरफहरू याद गराउन लगाउँछिन् । एक जना चेलीले अरबी भाषामा कुरानका हरफहरू गज्जबले पढ्छिन्, शिक्षिकाले उत्साहपूर्वक रूपमा आफरिन भन्छिन्, पाश्तुन भाषामा अफरिन भनेको असाध्यै राम्रो भन्ने हो ।

यसरी बालिकाहरूका लागि मर्दसा मात्र पनि खुल्न दिने तालिबानको नीति सन् २०२० को संयुक्त राष्ट्र सङ्घ र तालिबानहरूको वार्ताको उपज हो ।तालिबानहरूले विद्यालयका पाठ्यक्रममा सकेसम्म धेरै धार्मिक सामाग्रीहरू राख्न लगाइरहेका छन् । स्कुलहरू अब पूर्णतः मर्दसा भइसकेका छन् ।
मिनालाई त्रास छ , छोरीहरूको भविष्य र आउँदो हिउँद दुवैको त्रास । छोरीहरूले पढ्न नपाएको दुख् एकातर्फ अनि आउँदो हिउँदमा तापक्रम घटेपछि बढ्दो मूल्यका बिच कसरी हातमुख जोहो गर्ने भन्ने त्रास

अर्कोतर्फ । गाउँमा कसैको पनि हालत राम्रो छैन, खाद्यान्नको अभाव चर्को भइसक्यो । जिल्लाको एउटा मात्र अस्पताल मोहम्मद खान अस्पतालमा कुपोषित बच्चाहरूको लर्को लागिसक्यो, बच्चाहरू विशेष प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस