प्रधानमन्त्री मोदीको इटालीमा हुने रयाली प्रति त्यहाँका गैर आवासीय भारतीयहरू र धार्मिक नेताहरूको उत्साह

रोम इटाली, अक्टोबर ३० जी २० समिटका लागि इटाली पुगेका भारतीय प्रधानमन्त्री मोदीले त्यहाँका भारतीय मूलका धार्मिक नेताहरू लगायतका अन्य सामाजिक नेताहरू लगायतलाई भेटेका छन् । भारतीय प्रधानमन्त्रीको आगमन र प्रधानमन्त्रीकै नेतृत्वमा आयोजना हुन लागेको र्‍यालीप्रति सबै जना असाध्यै उत्साहित भएको बताएका थिए ।

इटालीका इस्कोन की सभापति मधु सेविता दासाका अनुसार भारतीय प्रधानमन्त्री मोदीको आवागमनमा आफू अनि त्यहाँ रहने भारतीय मूलका सबै खुसी रहेको बताएकी हुन् । दाहाले प्रधानमन्त्रीलाई रामायणको विशेष संस्करण उपहार दिएकी हुन् ।

आफू प्रभुपादाको भक्ति वेदान्तको केवल एउटी सन्देशवाहक रहेकी र भारतका प्रधानमन्त्री मोदीको भ्रमणले अध्यात्म र भ्रातृत्व दुवै कुराको विश्वव्यापी सञ्चार गर्ने दाहाले बताएकी थिइन । मोदीका सुरक्षा सल्लाहकारले उक्त पुस्तक हातमा नलिन आग्रह गरे पनि मोदीले पुस्तक हातमा नै लिएर आफूहरूलाई धन्यवाद दिएको र पुस्तक देखिने गरी तस्बिर पनि लिएकोमा आफू छक्क परेको दासा ले बताएकी हुन् ।
दासाका अनुसार मोदी एउटा विशाल हृदय भएका प्रधानमन्त्री हुन जसको हृदय केवल भारतका लागि धड्किन्छ ।इटालीका सनातन धर्म सङ्घका सभापति हर्षनन्द गिरीले पनि मुक्तकण्ठले मोदीको प्रशंसा गरेका छन् ।

भारतीय परम्परा र दर्शन विश्वका लागि एउटा अनुपम उदाहरण भएको र यसलाई विश्वभरि लैजान प्रधानमन्त्री मोदीको विशेष नेतृत्व रहेको हर्षनन्दले बताए ।एलीसेन्दारा कोन्सालोरो टुरिन विश्वविद्यालयमा हिन्दी अध्यापन गराउँछिन्,

उन्का अनुसार मोदीको भ्रमण र लोकप्रियताले विश्वभरि नै भारतीय संस्कार र साहित्यको एउटा लय ल्याइरहेको छ । यस्तै नेपल्स विश्वविद्यालयमा हिन्दी अध्यापन गराउने स्टेफानीया कालाभेरिका अनुसार प्रधानमन्त्री मोदीले सिख समुदायसँग बहुतै निकट रहेर परिवारजन झैँ कुरा गरेका थिए, यो कुराले उन्को हृदय नै फेरियो ।सिख समुदायका सुखदेव सिंहका अनुसार इटालीमा भारतीय प्रधानमन्त्रीको फेरि फेरि पनि भ्रमण हुन पर्दछ ।

प्रतिक्रिया दिनुहोस