नक्कली भनेको हिराको मूल्य ३२ करोड ६६ लाख रुपैयाँ तोकिएपछी…

काठमाडौं। ७० वर्षकी एक महिलाले नक्कली भनेर फ्याँकिदिन खोजेको एउटा पत्थर सक्कली हीरा भएको पाइएको छ । परीक्षणमा यो हीरा ३४ क्यारेटको भएको प्रमाणित भएको छ ।

यो हीरा इङल्याण्डकी ती महिलासँग कैयौं वर्षदेखि थियो । उनलाई कहिल्यै पनि यो सक्कली हीरा हो भन्ने लागेको थिएन । उनले यसलाई सामान्य पत्थर सम्झिन्थिन् ।एक दिन महिलाले आफूहरुहाँ भएका केही सस्ता र सामान्य पत्थरका गहनाहरु बेच्नको लागि

उत्तर पूर्वी इङल्याण्डमा एक लिलामीकर्ताकहाँ गएकी थिइन् । उनका ती गहनाहरुको बीचमा यो हीराको औंठी पनि थियो । बीबीसीका अनुसार लिलामीकर्ताले परीक्षणपछि त्यो पत्थर सक्कली हीरा भएको पुष्टि गरे । ३४ क्यारेटको यो हीराको मूल्य २ मिलियन

पाउण्ड अर्थात ३२ करोड ६६ लाख रुपैयाँ तोकिएको छ ।महिलाका अनुसार लिलामीगृहलाई पहिलो यो हीरा नभइ क्युबिक जिरकेनियाजस्तो लागेको थियो जो हीराजस्तै देखिने सिन्थेटिक पत्थर हो । तर, यही बीचमा यसको परीक्षण गर्नुपर्ने सुझाव आएपछि लिलामी

गृहले यसको परीक्षण गराएको थियो । लिलामीकर्ताले परीक्षणका लागि लण्डन र बेल्जियममा पठाएपछि यो सक्कली हीरा भएको पुष्टि भयो । अब यो हीराको लिलामी ३० नोभेम्बरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस