अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसले दिए दिपावलीको शुभकामना

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि दिपावली मनाएका छन्।बाइडेनले ह्वाइट हाउसमै दियो बालेर सबैलाई दिपावलीको शुभकामना दिएका छन्।

दिपावली मनाएको तस्विर बाइडेनले ट्विटमा सेयर गरेका छन्।तस्बिरमा उनकी पत्नी तथा अमेरिकाकी प्रथम महिला जील बाइडेन पनि सँगै छिन्।

बिहीबार लक्ष्मीपूजाको रात नेपाली समयअनुसार ८ बजेर ३१ मिनेटमा बाइडेनले उक्त शुभकामना सन्देश पोस्ट गरेका थिए।

उनले लेखेका छन्, ‘दिवालीको प्रकाशले हामीलाई सधैं यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दुःखपछि आशा पलाउनेछ।’

प्रतिक्रिया दिनुहोस