ग्यास्ट्रिकले ग्रस्त हुनुभएको छ ? यस्तो छ च्वाट्टै पार्ने घरेलु औषधि (विधिसहित)

एजेन्सी । अहिले अधिकांश मानिसलाई ग्यास्ट्रिकको समस्याले सताउने गरेको छ। मानिसहरु खान नपाएर भन्दा पनि खान नजानेर रोगी बन्ने गरेका छन् । अल्छि स्वभाव हुनु, अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मिसावट युक्त अन्न, विषादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकूल क्रियाकलापले मानिस रोगबाट ग्रसित हुने गरेका छन् ।

मसालेदार, तारेभुटेको खानले पनि स्वास्थ्य सम्बन्धी समस्या बढ्ने गरेको छ। यसले ग्यास्ट्रिकलाई झन बढाउने गर्छ। यसका लागि हामीले यहाँ केही घरेलु विधिबारे जानकारी दिएका छौं। ज्वानो र बिरे नुन त हामी सबैको भान्छामा हुने गर्छ। यसलाई ग्यास्ट्रिकको दबाई बनाउन सकिन्छ ।

औषधी बनाउने विधि यस्तो छः बिरे नुनलाई धुलो हुने गरी पिसौं । ज्वानो ५ चम्चा जत्ती भुटौं र त्यो पनि पिसौं । ५ चम्चा ज्वानोमा करीब १ चम्चा बिरे नुन मिसाऔँ ।

यही अनुपातमा आफुूलाई चाइने मात्रामा तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ। जब आफूलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ। तत्कालै यसबाट राहत पाईन्छ । रोग नियन्त्रणमै छ भने राति सुत्नु अघी २ चम्चा यो तयार गरेको औषधी खाएर सुत्दा बिहान पेट सफा हुनुका साथै दिसा खुलेर आउँछ।

प्रतिक्रिया दिनुहोस