अत्यन्तै दुःखद खबर तिब्र गतिको कार पानीमा डुब्यो, चर्चित नायिका इश्वरी र उनका साथीको निधन ।

एजेन्सी । नायीका र उनका साथीको कार दुर्घटना पछि पानीमा डुवेर निधन भएको छ । मराठी फिल्मकी २५ वर्षीय नायिका इश्वरी देशपाण्डे तथा उनका २८ वर्षीय साथी शुभम डेगेको निधन भएको हो । घटनाका बारे प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले उनीहरुको शव पानीवाट बाहिर निकालेको छ ।

भारतको पुणेमा बस्ने मराठी नायिका ईश्वरी देशपाण्डे र उनका साथी शुभम डेगेको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीहरुको कार गोवामा गहिरो पानीमा डुबेको थियो । सोमबार उत्तरी गोवाको अरपोरा इलाकामा गहिरो पानीमा कार फेला परेको थियो । ईश्वरीको कपहिलो मराठी फिल्म रिलिज हुने तयारीमा थियो ।

गोवा प्रहरीले यी दुई चढेको कार तीब्र गतिमा भएको र यो अनियन्त्रित भएपछि पानीमा खसेको हुनसक्ने जनाएको छ । कार कसले चलाइरहेका थिए भनेर यकिन जानकारी पाउन नसकिएको पनि प्रहरीले बताएको छ । सेन्ट्रल लक लगाइएका कारण यी दुबै कारबाट बाहिर निस्कन नपाएको र बेलुका करिब ७ बजे उद्धारकार्य सुरु भएको थियो । रातभरी चलेको अभियानपछि मंगलबार बिहान मात्रै उनीहरुको शव निकाल्न सकिएको थियो ।

इश्वरी देशपान्डे एक हिन्दी र एक मराठी फिल्ममा काम गरिरहेकी थिइन् । मराठी फिल्मको काम लगभग पूरा भइसकेको थियो र ती चाँडै नै रिलिज हुने तयारीमा थियो । दुबैको हातमा रिस्टब्यान्ड भेटिएको थियो । दुर्घटनाको अघिल्लो रात उनीहरु कुनै क्लबमा गएको हुनसक्ने पनि आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस