चीनको नयाँ सीमा नीति प्रति भारतको चासो

अक्टोबर २७, नयाँ दिल्लीगत बुधवार बेइजिगंले चीनको नयाँ सीमा नीतिलाई पारित गरेको छ । आफ्नो सीमा र जमिनको संरक्षण र परिचालनका लागि यस नीतिको महत्त्व रहेको बेइजिगंले बनाएको हो । चीनको नयाँ मिडिया नीतिको विषयमा भारतीय पक्षलाई सोधिएको प्रश्नमा भारतको बाह्य मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले उत्तर दिएका थिए ।

चीनको एकतर्फिय सीमा सम्बन्धी कानुनले भारत र चीनले पछिल्ला समयमा सीमा व्यवस्थापन गर्दै आएका आधार र बुझाइहरूमा असर पार्न सक्ने भएकाले यो भारतका लागि ठुलो चासोको कुरा हो ।चीनले ल्याएको नयाँ सीमा नीतिले चीन पाकिस्तान सीमा सम्झौता

सन् १९६३ लाई पनि सदर नगर्ने तर पनि भारतले सन् १९६३ को चीन पाकिस्तान सीमा सम्झौतालाई समेत ध्यानमा राखेर सीमा व्यवस्थापन गर्दै आएको थियो भनी बाग्चीले बताए । यस हिसाबले चीनले ल्याएको एकतर्फिय सीमा नीति गैर कानुनी छ भनी बाग्चीले भिडियालाई बताएका हुन् ।
चीनको नयाँ कानुन जनवरी १ सन् २०२२ बाट लागु हुनेवाला छ ।

प्रतिक्रिया दिनुहोस