भारत बेलायतको पहिलो बायइल्याटरल त्रिपक्षीय एक्सरसाइजः कोनकन शक्ति सन् २०२१

भारत बेलायतको पहिलो बायइल्याटरल त्रिपक्षीय एक्सरसाइजः कोनकन शक्ति सन् २०२१ को जल शक्ति श्रृखला अरबीयन समुन्द्रको कोनकन तटमा सुरु भएको छ । भारतीय जल सेनाको स्टेटमेन्ट अनुसार कोनकन तटमा दुई समूह बनाएर जल देखि जमिनसम्मको नियन्त्रण गर्न सक्ने सैन्य अभ्यास गरिएको थियो ।

एउटा समूह आइएनएस चेन्नई को झन्डा साथमा र वार सीप, एचएमएस रिचमण्ड चाँही रोयल नेभी टाइप २३ फ्रिगेट अन्तर्गत थिए । उता बेलायतका वार सीपहरू , स्ट्राइक ग्रुप, एयरक्राफ्ट केरियर एमएमएस क्वीन एलीजावेथ, अन्य बेलायत र नेदरल्याण्डको वार सीपहरू सम्मेलित उक्त अभ्यासका बारेमा भारतीय जल सेनाले आधिकारिक रूपमा वक्तव्य जारी गरेको छ ।

पहिलो दिनको अभ्यासमा नै दुवै पक्षका सेना र उपकरणहरूले उच्च दर्जाको क्रियाशीलता देखाएको बताइन्छ । भारतीय र बेलायती सेनाको सदियौँदेखिको आपसी विश्वास र समन्वयको यो एउटा अनुपम दृष्टान्त हो भनी भारतीय सेनाले जनाएको छ ।दुवै पक्षले एडभान्स जल र सबसरफेस अभ्यासहरू गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस