आजदेखि छठ पर्व सुरु, सूर्य देवको आरधाना गरि मनाइँदै

२२ कार्तिक, काठमाडौं । तराई मधेश तथा मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ आजबाट विधिवत रुपमा सुरु भएको छ ।कात्तिक शुक्ल चौथीदेखि चार दिनसम्म मनाइने छठ पर्वलाई आस्था र विश्वासको पर्व मानिन्छ ।

कात्तिक शुक्ल चौथी अर्थात आजको दिन ‘नहाय खाय’ गरी छठ व्रतालुहरूले घरआँगन चोख्याउने गर्दछन् । विगतमा मिथिला र तराईमधेसको मुख्य पर्व मानिने छठ पर्वको उत्साह हाल सबै जातजाति र समुदायसम्म विस्तार भएको छ ।

अहिले काठमाडौं उपत्यकादेखि पहाडी जिल्लाहरुमा समेत छठ मनाउन थालिएको छ । परापूर्वकालदेखि नै प्रत्यक्ष देखिने र अनुभव गरिने सूर्य देवको आरधाना गरी समूहमा सद्भावका साथ यो पर्व मनाइने भएकाले यसलाई लोक व्यवहार र लोक पद्धतिको पर्वका रूपमा समेत लिने गरिएको छ ।छठ पर्वमा सबै जातजाति मिलेर आवश्यक पूजा सामग्री तयार पारिने भएकाले यो सबैको पर्व हुन गएको छ ।

प्रतिक्रिया दिनुहोस