सुनको मुल्य प्रतितोला १५ सय ले उकालो

काठमाडौं, कार्तिक २२ । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला १५ सय ले उकालो लागेर ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला ९० हजार पाँच सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा २५ ले उकालो लागेर १२ सय ५० रुपैयाँ कायम भएको छ । चाँदी बिहीबार प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८ सय १९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस