दुबईको एकमा २०० जना नेपाली कामदारको माग, मासिक तलब र हवाई टिकट के कति ?

काठमाडौं, दुबईको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दुबई सहरमा रहेको CLENCO TRADING IMPORTING & SERVICES L.L.C.SOLE PROPRIETOSHIP LLC कम्पनीले १०० जना महिला र १०० जना पुरुष गरि २०० जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित २६ हजार देखि ३० हजार माथि पाउने छन् । इच्छुक कामदारले थ्रि ब्रदर्श ह्युमन रिसोर्स प्रा.लि.बत्तिसपुतलीकाठमाडौंमा कार्तिक २७ गते,होटेल इस्र्टन प्यालेस,इटहरी, सुनसरीमा कार्तिक २८, सेन्टर प्वाईट होटेल विर्तामोड, झापामा कार्तिक २९ र ३० गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैंले बेहोर्नु पर्नेछ । यस्तै, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।आजको अर्थ बाट

प्रतिक्रिया दिनुहोस