मनोज गजुरेलले श्रीमतिसँगको तिहारको फोटो फेसबुकमा राखे! मिना ढकालले लेखिन्, ‘आफ्नै जोडिसँग भाइटिका लगायौ के हो?’

हास्य कलाकार मनोज गजुरेलले अर्को बिहे गरिपछि पनि पूर्व पत्नि मिना ढकालले मनोजबारे चासो राख्न छोडकी छैनन् ।उनले फेसबुकमा मनोजको तस्वीरलाई लिएर एक नराम्रो स्टाटस राखेकी छिन् । मनोजको नाम नलिइकनै मनोजको नयाँ जोडिलाई मिनाले अप्रिय लेखेकी हुन् ।

मिनाको स्टाटसमा लेखिएको छ । यस्पालीको भाइ टिकामा सबै मान्छेले दाजु भाइ दिदी बैनी संगको फोटो पोस्ट गरे । एउडो कलाकार नौटंकिले त आफ्नो जोडि संग पो बैनी टीका लाएछ कि केहो?? यस्तो स्टाटस लेखेपछि मिनालाई धेरैले नराम्रो भनेका छन् । तर उनी कमेन्ट गर्नेहरुसँगै जाई लागेकी छिन् ।

यसो त मनोज गजुरेलको बिहे भएपछि उनकी पूर्व पत्नि मिना ढकालको प्रतिक्रिया के रहला भन्ने सबैतिर चासो थियो । तर मिनाले भने केही दिनसम्म त्यस्तो अनौठो केही प्रतिक्रिया दिएकी थिइनन् ।

उनले मुकुन्द घिमिरे नामक फेसबुक प्रयोगकर्ताको फेसबुक स्टाटस सेयर गरेर ‘त्यही त नि । के नै ठूलो र नौलो काम गर्यो हो र ?’ लेखेकी थिइन् । उनले सेयर गरेको स्टाटसमा ‘उ त्ता उ लो कानुनले के गर्‍यो? के गर्‍यो? अर्कीको लोग्नेले अर्काकी स्वास्नीलाई बिहे गर्‍यो ।’ लेखिएको छ ।

मनोज गजुरेलले गत महिना फेसबुकमा मञ्जु पोखरेललाई श्रीमतिका रुपमा घरमा ल्याएको बताएका थिए । उनले फेसबुकमा एक स्टाटस लेखेर फोटो राख्दै उक्त जानकारी दिएका थिए। मनोजका अनुसार उनकी श्रीमति सरकारी सेवाकी अधिकृत हुन् । उनी हाल न्याय सेवा अन्तरगत कार्यरत छिन् ।

प्रतिक्रिया दिनुहोस