चिलेको एउटा सहरमा भेटिन्छन् इजिप्टका भन्दा २,००० वर्ष पुराना ममीहरू

“चिहानमाथि बसेको देख्दा केही मानिसलाई अनौठो लाग्न सक्छ तर हामी यसमै अभ्यस्त भइसक्यौँ,” चिलेको आरिका बन्दरगाहमा बस्दै आएकी एना मारिया निएटो भन्छिन्।

पेरुको सीमामा रहेको आरिका सहर आटाकामा मरुभूमिको बलौटे क्षेत्रमा छ। आटाकामा विश्वभरिको सबैभन्दा सुक्खा मरुभूमि हो।सोह्रौँ शताब्दीमा यो तटीय सहर पत्ता लाग्नुअघि त्यहाँ चिन्चोर्रो समुदायको बसोबास थियो।

संस्कृति र सम्पदाको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय यूनेस्कोले उक्त समुदायका मानिसहरूले संरक्षण गरेका ममी अर्थात् मृतकका परिरक्षित शरीरहरू विश्व सम्पदा सूचीमा राखेपछि गत जुलाईमा यो संस्कृतिबारे पुनः चर्चा भयो।

जर्मन पुरातत्त्वविद् माक्स उलले सन् १९१७ मा समुद्री किनारमा केही शवहरू संरक्षण गरेर राखिएको फेला पारेका थिए। ‘चिन्चोर्रो ममी’बारे उनैले पहिलो अभिलेख राखेका हुन्।

तर ती परिरक्षित शव कति पुराना थिए भन्ने अनुसन्धान गर्न दशकौँ लाग्यो।रेडिओकार्बन डेटिङ प्रविधिले अन्तत: ती ममीहरू ७,००० वर्ष पुराना अर्थात् धेरैले थाहा पाएका इजिप्टका ममीभन्दा २,००० वर्ष पुराना भएको देखायो।

उलको अनुसन्धानले चिन्चोर्रो ममीहरू मानिसहरूले संरक्षण गरेर राखेका सबैभन्दा पुराना शव भएको प्रमाणित गर्‍यो।

चिन्चोर्रोविज्ञ समेत रहेका मानवशास्त्री बर्नार्डो एरियाजाका अनुसार चिन्चोर्रोहरूले सुक्खा मौसममा शवलाई प्राकृतिक रूपमा ममी बन्न छोड्नुको सट्टा शवगृह नै बनाएर परिरक्षण गर्ने गरेका थिए।

तर खोजको क्रममा कतिपय प्राकृतिक रूपमै ममी बनेका शवहरू पनि नभेटिएका चाहिँ होइनन्।

आरियाजाका अनुसार शरीरमा ससाना चिरा बनाएर अङ्गहरू झिकिसकेपछि खोक्रो शवको छाला काटेर सुकाउने चलन थियो। त्यसपछि उनीहरू प्राकृतिक छेस्का र रेसाहरू भरेर शरीर सीधा बनाउँथे र नरकटको प्रयोग गरेर छालालाई पनि सिलाउँथे।

चिन्चोर्रो समुदायले शिशु, बालबालिका र वयस्कको पनि ममी बनाउँथ्योत्यसपछि शवको टाउकोमा बाक्लो कालो कपाल टाँसिदिन्थे र अनुहारमा आँखा र मुख मात्रै देखिनेगरी मुखुन्डो लगाएर माटो दलिदिन्थे।

अन्त्यमा रातोमाटो, म्याङ्गनीस र आइरन अक्साइडयुक्त खनिज पदार्थ प्रयोग गरी शरीरमा कालो वा रातो रङ्ग पोतिदिन्थे।इजिप्टमा भन्दा शरीर सजाउने चिन्चोर्रोहरूको शैली अलि भिन्न थियो।

पाँच हजार वर्षअघि हिममानव के खान्थे?
इङ्गल्यान्डमा भेटिएको स्वर्ण मुद्राको एउटा प्राचीन भण्डारइजिप्टमा शव संरक्षणका लागि तेल र पट्टी प्रयोग हुन्थ्यो। अनि सम्भ्रान्त तथा कुलीन मानिसको मात्रै ममी बनाइन्थ्यो।

यद्पि चिन्चोर्रोहरूले सबै वर्गका महिला, पुरुष, बच्चा र भ्रूणको पनि शव संरक्षण गर्ने गरेका थिए।

प्रतिक्रिया दिनुहोस