बङ्गलादेशका प्रधानमन्त्रीका छोराले साम्प्रदायिक तनावमा पाक समर्थित बीएनपी–जमातको भूमिकालाई प्रहार गरे

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजेद जोयले देशमा साम्प्रदायिक हिंसा उक्साउने अपराधीहरुलाई कडा सजायको माग गरेका छन्। हालै हिन्दू मन्दिरहरूमा भएको आक्रमणलाई “देशको इतिहासकै सबैभन्दा

निन्दनीय घटना” भनी वर्णन गर्दै जोइले षड्यन्त्रकारीहरूको प्रतिरोध गर्न आफ्नो सोशल मीडिया अकाउन्ट प्रयोग गरे। उनले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र जमात-ए-इस्लामीको गठबन्धनलाइ बंगलादेशमा पाकिस्तानको दुष्ट भूतको संज्ञा दिदैl उनले साम्प्रदायिक आक्रमणको लागी पाकिस्तान समर्थित गठबन्धन जिम्मेवार भएको आरोप लगाए।
आफ्ना हजुरबुबा शेख मुजिबुर रहमानलाई संकेत गर्दै जोयले भने, “बंगबन्धुले संविधानको एउटा खम्बाको रूपमा धर्मनिरपेक्षता स्थापित गरे। बंगबन्धुले बंगलादेशमा साम्प्रदायिक सद्भावको संस्कृति को शुरुवात गर्यो।

” सन् १९७५ अगस्त १५ मा उनको परिवारका अधिकांश सदस्यहरूका साथ बंगबन्धुको मृत्युपछि पाकिस्तानले आफ्नो देशमा राजनैतिक दल र सरकारलाई समर्थन गरेको उदयलाई जोयले संकेत गरे। जोइले यसो भने, “तिनको (बंगबन्धुको) मृत्युपछि सैन्य शासकहरूले त्यस संविधानलाई झन्डै टुक्रा-टुक्रा पारिदिए। त्यस सबैभन्दा अन्धकारमय समयमा पाकिस्तान समर्थक राजनैतिक दल र सरकारको उदय देखियो। मुक्ति युद्धको भावना हराउँदै थियो।”

सन् १९७७ मा तत्कालीन राष्ट्रपति जेन जियाउर रहमानले बङ्गलादेशको संविधानबाट धर्मनिरपेक्षता हटाए र त्यसको ठाउँमा “सर्वशक्तिमान् अल्लाहमा पूर्ण भरोसा र विश्वास” भन्ने राखीयोl इस्लामलाई सन् १९८८ मा राज्य धर्म घोषित गरिएको थियो। सन् २०१० मा शेख हसिनाको नेतृत्वमा बङ्गलादेशको सर्वोच्च अदालतले धर्मनिरपेक्षतालाई संविधानमा पुनर्स्थापित गरेको कुरा उनले सम्झे।

प्रतिक्रिया दिनुहोस