कक्षा १२ पढेका युवकले बनाए बाँसको मोवाइल ट्रायपड !

एजेन्सी। प्रत्येक मानिसमा एक न एक क्षमता हुन्छ । कसैको बाहिर देखिन्छ भने कसैमा लुकेको प्रतिभा हुन्छ ।पन्जाबमा एक युवकले बाँसबाट मोबाइलको लागि ट्रायपड बनाएका छन् ।

१२ कक्षा सम्म पढेका रोमेशलाई पहिलेदेखि नै बाँसको क्राफ्ट बनाउने निकै शोख थियो ।उनले आफैले बनाएको क्राफ्टको भिडियो आफ्नै युट्वब च्यानलमा अपलोड गरीरहेका हुन्छन् ।

उनले क्राफ्ट बनाएर उनलाई भिडियो बनाउन ट्रायपडको आवश्यकता पर्यो र ट्रायपडको निर्माणमा जुटे ।तर सोही समयमा लकडाउनको कारण सबै अनलाइन अर्डरहरु बन्द भएका थिए ।

उनले भिडियो हेरेर ट्रायपाड बनाउन थाले । ट्रायपाड बनाउन ७ दिन लागेको उनले बताएका छन् ।रोमेशले ट्रायपाड बनाएर अपलोड गरेपछि विभिन्न स्थानबाट मानिसहरुले अर्डर गरेका थिए ।

हाल उनी मणिपुर राज्यको मेरिट अवार्डबाट पनि सम्मानित भएका छन् ।नेशनल हैड्लुम डे मा एक अवार्ड समेत प्राप्त गरेका छन् । उनले अवार्डको साथै थुप्रै धनराशी पनि हात पारिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस