‘छक्का पञ्जा ४’ को ट्रेलरमा आफुलाई नअटापछि यसरी रिस पोखे जितुले, गरे फिल्ममा काम नर्गने घोषणा

काठमाडौं- फिल्म ‘छक्का पञ्जा ४’ कलाकार जितु नेपाल नरहने भएका छन् । सोमबार कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको जानकारी दिन आयोजित कार्यक्रममा जितुले आफु नरहने घोषणा गरेका हु्न । उनले ‘हिन्दी फिल्मका दर्शकसम्म पुगेको ‘छक्का पञ्जा ४’ को ट्रेलर नअटेको आफु फिल्ममा पनि नरहने बताए ।

जितुले भने, ‘म सामान्य कलाकारलाई दीपक दाई र दीपा दिदीले फिल्मको हिरो समेत बनाइसक्नु भएको छ । मेरो लागि उहाँहरुले धेरै गर्नु भएको छ । सधै उहाँहरुबाट मैले आस राख्नु हुँदैन ।’महानायक विवादका कारण ‘मुन्द्रेको कमेडी क्लब’ बाट निर्देशक दीपाश्री निरौला बाहिरिएसँगै जीतु र ‘छक्का पञ्जा’ टिमबीच दुरी बढेको हो ।

यद्यपी उनीहरुले आफ्नो सम्बन्ध राम्रो रहेको बताउदै आएका छन् ।दीपक राज गिरी र दीपाश्री निरौलाले बलिउड फिल्म ‘सूर्यवंशी’ हेर्न पुगेका दर्शकलाई ‘छक्का पञ्जा ४’ आउने जानकारी दिन एक ट्रेलर बनाएका छन् ।

सो ट्रेलर ‘छक्का पञ्जा’ सिरिजका कलाकार अटेपनि जितु मात्र अटेका छैनन् । यता अर्को कलाकार दीपक राज गिरीले भने जितु फिल्ममा हुने नहुने निश्चित भइ नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस