बसको यात्रामा……..त्यसपछि रातभर उ मेरो काधमा निदाई….

काठमाडौ। पोखराबाट बुटवल सम्मको रात्रीबसमा उ मेरो साथमा थिई। रातको चिसोमा बसले ईन्जिन तताउदै गुडिरहेको थियो। एक घण्टाको रफ्तारमा उ र म मौन थियौ।

त्यसपछि समान्य कुराकानी पछि दुबै आ आफ्नै सुरमा थियौ। पोखरा फुपुको घरमा आएकी रे घुम्न। नाम रश्मी रहेछ। राती करीब एघार बजे बस खाना खाने ठाउमा रोकियो। सबै जना ओर्लिए तर उ ओर्लिन।

‘तिमी खाना नखाने? (मैले सोधे। नाई म यात्रामा खदिन भनी उसले। म हात धोएर रिसेप्सनमा खानाको कुपन लिन गए। पछाडी खल्तीबाट पैसा निकालेर पैसा दिन लाग्दा पर्सको बीटमा र ग त जस्तै रातो लागेको देखे।

म झ’स्कि ए अनी पछाडीको खल्तीमा हात लगेर छामे। बाक्लो जिन्समा र’ग’त’का दागहरु लागेको पाए। हतार हतार दौडिदै म बसमा गए र मेरो सीटमा के भएको छ भनेर हेर्न।

सीटमा पुग्दा उ रु’दै सीट पुछिरहेकी थिई। ड’रा’एकी अनी आ’त्ति’एकी थिई। ‘के भयो तिमीलाई? किन रो’ए’की? तिमीलाई चो’ट लागेको छ? यो र’ग’त कसरी? मेरो पाईन्टको पछाडी समेत लागेछ।’

मैलै यती सोधेपछि ‘म पिरियडमा छु दुई घण्टा अघीदेखी। एक हप्तापछि हो मिती त,तर बसको यात्राले गर्दा…म संग कुनै तयारी थिएन।

‘रु’दै थिई बिचरी,मैले झोलाबाट टाबेल झिकेर बे’र्न लगाए अनी त्यही खाना खाने होटेलको बाथरुममा फ्रेस हुदै गर म तिम्रो लागी प्याड किनेर आउछु भनी निस्किए। रातको साढे एघार बजी सकेको थियो। सबै यात्रु खाना खाइसकेका थिए। उ र म भोकै थियौँ।

नजिकैको मेडिकलमा गएर मैले एक प्याक स्यानिटरी प्याड किनिदिए र उसलाई दिए। कपडा राखेको झोला सबै बसको छतमा रहेछ,सहचालक भाईलाई फकाएर उसको कपडा निकालेर दिए।

उ अब आ’सु पुछेर मुस्कुराई। समोसा,चाउचाउ र चटपटे किनेर हामी बसमा चढ्यौं। उ लजाएकी थिई तर म उसलाई अप्ठ्यारो महसुस गराउन चाहन्न थिए।

दुई बटा समोसा र चटपटे खाई उसले,भोकाएकी रैछे। त्यसपछि रातभर उ मेरो काधमा निदाई। बिहान बस बुटवलमा रोकियो। उ आफ्नो गन्तब्य म आफ्नो गन्तब्य।

छुट्नु अघी भाबुक र प्रेमिल नजरले हेरेर मुस्कुराउदै धन्यबाद भनी। ‘मिल्छ भने हजुरको मोबाईल नम्बर दिनु न।’ यस्तै भन्दै अ’ड्’कि’रहेकी थिई उ। मैलै मेरो मोबाईल नम्बर दिएर आफ्नो बाटो लागे। पाच दिनको बसाईपछि म घर फर्किए।

त्यसपछिका दिनहरुमा हरेक महिनाको एक दिन उसले फोन गरेर भन्छे(‘तपाईको टावेल म संगै परेछ,फिर्ता गर्नु पर्ने। त्यस दिनको लागी धन्यबाद हजुरलाई।

यो सामग्री सामाजिक सञ्जालवाट कपि गरिएको हो । लेखकको नाम उल्लेख नभएका कारण हामीले पनि लेखकको नाम बिना नै राखेका छौं।

प्रतिक्रिया दिनुहोस