२ वर्षीय छोरा बेचेको पैसाले गर्लफ्रेण्डसँग घुमघाम……

एजेन्सी। केही मानिसहरु कतिसम्म निर्दयी हुन सक्दारहेछन् भन्ने कुरा चीनका एक जना पुरुषले उदाहरण पेश गरेका छन्।ती पुरुषले यस्तो कर्तुत गरेका छन् की पिता पुत्रको सम्बन्धलाई नै कलंकित बनाएका छन्।

ती पुरुषले आफ्नो २ वर्षीय छोरालाई विक्री गरे र त्यसरी हात परेको पैसाले नयाँ गर्लफ्रेण्डलाई लिएर देश घुम्न निस्किए।पूर्वपत्नीसँगको सम्बन्ध विच्छेदपछि उनले छोराको पालनपोषण गर्दै आएका थिए।

तर गर्लफ्रेण्डसँग घुम्नका लागि पैसा जुटाउन उनले त्यही छोरालाई बेचिदिए।चिनियाँ सञ्चार माध्यम झेझियांग लिगल डेलीका अनुसार ती पुरुषको पूरा नाम खुलाइएको छैन र उनको थर चाँहि शी बताइएको छ।

ती पुरुषको पत्नीसँग झगडा भएसँगै सम्बन्धविच्छेद भएको थियो र दुई जना बच्चामध्ये छोरीको लालनपालनको जिम्मा आमाले र छोराको जिम्मा बाबु चाँहिले लिएका थिए।काममा व्यस्त भएको भन्दै ती पुरुषले आफ्नो छोरालाई हुजोउ सहरस्थित भाईको घरमा छाडेका थिए।

गत महिना चाँहि उनी भाइको घरमा गएर छोरालाई लिएर घर फर्के।छोराकी आमाले छोरा हेर्न चाहेको भन्दै उनले भाइको घरबाट छोरा लिएर गएका थिए।तर उनले छोरालाई त्यहाँबाट लगेर चांग्सु सहरस्थित एक निसन्तान दम्पतीलाई बेचिदिए र त्यसबापत झण्डै २४ हजार डलर बराबरको रकम प्राप्त गरे।

छोरा बेचेर हात परेको पैसाले उनले आफ्नी नयाँ गर्लफ्रेण्डलाई लिएर चीनको भ्रमणमा निस्किएको बताइएको छ।आमासँग भेट गराउन भन्दै लगेको छोरालाई धेरै दिनसम्म पनि शीले फर्काएर नल्याएपछि र फोन समेत नउठाएपछि शीका भाइलाई शंका लाग्यो र प्रहरीमा खबर गरेका थिए।

प्रतिक्रिया दिनुहोस