चीनमा जीङ्गजीयाङ्गको अवस्थाप्रति बेलायतको चासो: जीङ्गजीयाङ्ग क्षेत्रमा सहज पहुँचका लागि माग ः उक्त क्षेत्रमा सहज पहुँचका लागि माग

अक्टोबर ३०, लन्डन गत शुक्रवार बेलायतले चीनको जीङ्गजीयाङ्गको अवस्थाप्रति चासो व्यक्त गरेको हो । यसका साथै मानव अधिकार सङ्गठनका हाइ कमिस्नर लाई उक्त क्षेत्रमा सहज पहुँचका लागि बेलायतले माग पनि गरेको हो ।
असिस्टेन्ट सेक्युरिटी जनरल फर ह्यूमन राइट्सका इल्ज बा्रन्ड केरिसले बेलायत र समग्र अन्तर्राष्ट्रिय समुदाय जीङ्गजीयाङ्गको अवस्थाप्रति चासो राख्ने बताउँदै ओएनसीएचआरको जीङ्गजीयाङ्गको अवस्थाउपर प्रतिवेदन बनाउने प्रतिविद्धतालाई पनि चीनले समर्थन गरेको बताएका थिए ।

चीनले ह्यूमन राइट्सका कमिस्नर र ओएनसीएचआरका प्रतिनिधिहरूलाई उक्त क्षेत्रमा सहज पहुँच गर्न दिनुपर्ने माग पनि बा्रन्ड केरिसले राखेका हुन् । यसका अलावा बा्रन्ड केरिसले हंगकंगको र तिब्बतको विषयमा पनि बेलायत र अन्तर्राष्ट्रिय समुदायले बिचार गरिरहेका छन् भनी बताएका थिए । जीङ्गजीयाङ्ग प्रान्तमा चीनले उहिगुर मुसलमान समुदायलाई असाध्यै ज्यादती र उत्पीडन गरिरहेको बताइन्छ यद्धपी त्यहाँ चीन सरकारले सहज पहुँच नदिएकाले गर्दा तथ्यहरू यकिन गर्न असहज भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस