तालिबान शासनमा खुम्चँदो अफगानी महिला अधिकार प्रति विश्व समुदायको मौनतामा अफगानी महिलाहरु द्धारा आलोचना

अक्टोबर २७, काबुल तालिबान शासनमा खुम्चँदो अफगानी महिला अधिकार प्रति विश्व समुदायको मौनतामा अफगानी महिलाहरूले आलोचना गरेका हुन् । तोलो न्युजका अनुसार अफगानी महिलाहरूको अधिकारका विषयमा विश्व समुदाय यसरी मौन रहन हुँदैन ।

मानव अधिकार सङ्गठनहरू र संयुक्त राष्ट्र सङ्घ प्रति लक्षित गर्दै अफगानी महिलाहरूले काबुलमा नै प्रदर्शन सुरु गरेका छन् । तालो न्युजका अनुसार तालिबान शासन अन्त्रगतका २ महिना भन्दा बढी बित्दा सम्म पनि अफगानी महिलाहरू रोजगारमा फर्कन पाएका छैनन् र अफगानी छोरीहरू विद्यालय फर्कन पाएका छैनन् ।

आरिफा फतिमी एक जना अफगानी महिला र प्रदर्शनकी सहभागी थिइन, यिनलाई उद्धृत गर्दै तोलो न्युजले अफगानी महिलाहरूको अधिकार प्रति विश्व समुदायलाई पनि जवाफदेहि बनाउन यस प्रदर्शन गरिएको हो भनी प्रकाशन गरेको छ ।
मर्जन अमिरी अर्की सहभागीले चाहिँ आधा जनसख्याँ ढाक्ने महिलाहरूलाई बन्देजमा राखिएको बताएकी थिइन ।

प्रतिक्रिया दिनुहोस