आज नायिका केकी अधिकारीको जन्मदिन सुभकामना दिनेको ओइरो

केकी काठमाडौंको जोरपाटीमा सन् १९८९ को १७ डिसेम्बरमा जन्मेकी हुन् । आजबाट केकी आफ्नो जीवनको ३० वर्ष पार गरेर ३१ बर्षकी भइन । पिता बद्रि अधिकारी र माता लक्ष्मी अधिकारीको कोखबाट जन्म लिएकी केकी निकै चन्चल र फुर्तिलो स्वभावकी छिन् ।

केकी एक नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् । उनी थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् ।

केकीले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी गर्दै आएकी थिन । केकीले आफ्नो चलचित्र पदार्पण स्वर चलचित्रबाट गरेकी थिइन् ।

केकीले अभिनय गरेका चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल र कोहलपुर एक्स्प्रेस, छक्का पन्जा ३ मा बलियो अभिनयले सबैको मन लोभ्याएकी छिन ।

केकी अधिकारीले मानब संसाधन ब्यबस्थापनमा केअफए बिजनेस स्कुलबाट २०१६ मा डिग्री हासिल गरेकी छन् । केकीले स्नातक तह २०१३ मा त्रिभुवन युनिभर्सिटीबाट पास गरेकी हुन् ।

केकीले बाल सिरिजनालय स्कुल, काठमाडौँबाट एसएलसी पास गरेकी हुन्। उनले प्रमाणपत्र तह ह्वाइटहाउस कलेजबाट उतिण गरेकी उनी नेपाली चलचित्र क्षेत्रमा अतुलनीय भुमिका निर्भाह गर्दै आएकी छिन् ।

केकीको प्रथम अभिनय रहेको सिनेमा स्वर बाट नेपाली सिनेमामा प्रबेश गरेकी केकी नेपाली दर्शकको मनमा बस्न सफल भइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस