मन मिल्यो, प्रेम बस्यो, विवाह र छोराः पछि थाहा भयो उनी आफ्नै बहिनी थिइन्

केही मानिसहरुको भाग्यले पनि अचम्मको खेल खेल्ने गर्दछ । वर्षौं पहिले बिछोडिएकी आमा खोज्न निस्किएका एक श्रीमान्–श्रीमती त्यतिबेला अवाक भए जब उनीहरुलाई दुबैका आमा एउटै भएको थाहा भयो । स्पष्ट शब्दमा भन्ने हो भने श्रीमान्–श्रीमती आफ्नै दाइ बहिनी भएको रहस्योद्घाटन भयो । अंग्रेजी वेबसाइट द सनको स्तम्भ डियर डाइड्रीमा एक व्यक्तिले आफ्नो यो समस्या बयान गरेका छन् । स्मरण रहोस्, डियर डाइड्री यस्तो स्तम्भ हो जहाँ मानिसहरु आफ्नो समस्या वर्णन गर्ने गर्दछन् । ती व्यक्तिको नाम गोप्य राखिन्छ र उनीहरुलाई समाधानका उपाय सुझाइन्छ ।
के हो पूरा मामला ?

डियर डाइड्रीमा आफ्नो समस्या बारे वर्णन गर्दै ३९वर्षीय एक व्यक्तिले लेखेका छन् –
मलाई बाल्यकालदेखि नै थाहा थियो कि म एक धर्मपुत्र हुँ । आफूसँगै अफिसमा काम गर्ने एक महिलाको आगमनले मेरो जीवनले नयाँ मोड लियो । उनी मभन्दा पाँच वर्ष कान्छी थिइन् । जब हामीबिच कुराकानी हुन थाल्यो तब मलाई थाहा भयो कि उनलाई पनि धर्मपुत्रीको रुपमा पालिएको थियो । उनलाई देखेपछि मेरो जीवनमा कोही आयो र उनले नै मलाई राम्रोसँग बुझ्नेछिन् भन्ने कुरा महसुस हुन थाल्यो । म जे सोच्थें उनले पनि मबारे त्यस्तै धारणा भएको बताइन् । हामीलाई लाग्यो कि हामीले सच्चा साथी पाएका छौं ।

३५ को उमेरमा गरे विवाहः
कुराकानी र प्रेम सुरु भएको एक वर्षपछि मैले उनीसँग विवाह गरें । आज हाम्रो एक छोरा छ । तर मभित्र सधैं एउटा कुराको कमी थियो त्यसकारण मैले सोचें कि हामीले हाम्रो वास्तविक आमाको खोजी गर्नुपर्छ । मैले यसबारे श्रीमतीलाई भने र उनले पनि त्यसै गरौं भनिन् । हामी सँगै एक अर्काका आमाको खोजी गर्न थाल्यौं ।

केही समय खोजेपछि हामीले आ–आफ्ना आमालाई भेट्यौं । हामी दुबैको आमा एउटै भएको थाहा पाएपछि हामीमाथि आकाश खस्यो । त्यो दिनदेखि हामीबिचको सम्बन्ध बिग्रिएको छ । एक दिन मेरी श्रीमती (जो मेरी बहिनी थिइन्) छोरासँगै आइन् र भनिन्, ‘मलाई यो सम्बन्धप्रति घिन लाग्यो ।’

प्रतिक्रिया दिनुहोस