विकासशील राष्ट्रहरूको लागि आवाज उठाउनु मेरो कर्तव्य- भारतका प्रधानमन्त्री मोदी

जलवायु परिवर्तन केही विकासोन्मुख राष्ट्रहरूको अस्तित्वको लागि “ठूलो खतरा” भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छ्न। सोमबार ग्लासगोमा कोप-२६ ग्लोबल लिडर्स समिटलाई सम्बोधन गर्ने क्रममा विकासोन्मुख देशहरूको लागि आवाज उठाउनु आफ्नो कर्तव्य भएको उनले बताएका छ्न।

ग्लासगोमा कोप-२६ ग्लोबल लिडर्स समिटमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जलवायु परिवर्तन केही विकासोन्मुख राष्ट्रहरूको अस्तित्वको लागि “ठूलो खतरा” भएकोमा जोड दिए र भने, “विकासशील राष्ट्रहरूको आवाज उठाउनु मेरो कर्तव्य हो।”

उनले वातावरण संरक्षणका लागि विश्वले थप पहल गर्नुपर्नेमा जोड दिए । “यो समयको माग हो र यो फोरमको सान्दर्भिकता प्रमाणित गर्नेछ,” प्रधानमन्त्री मोदीले थपे। उनले “मलाई विश्वास छ कि यस फोरममा भएका निर्णयहरूले हाम्रा आगामी पुस्ताको भविष्य सुरक्षित गर्नेछ,” भने।

कोप-२६ शिखर सम्मेलनमा संबोधन गर्दै प्रधानमन्त्रीले थप्दै भने, “विश्वलाई बचाउन हामीले ठूला कदम चाल्नुपर्छ। यो समयको आवश्यकता हो र यो प्लेटफर्मको सान्दर्भिकता प्रमाणित हुनेछ। म आशावादी छु कि निर्णयहरू हुनेछन्। ग्लासगोमा लिइएको हाम्रो आगामी पुस्ताको भविष्य बचाउनेछ।

प्रतिक्रिया दिनुहोस