भारतका बिदेशमन्त्री एस जयशंकर र सेनापती प्रभुराम शर्मा बिच भेट, दुई देश बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने

भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएको एक दिनपछि आज बिहिवार भारतका विदेशमन्त्री एस जयशंकर र नेपालका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट भएको छ।

बिदेशमन्त्री जयशंकरले शर्माको भ्रमणले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको महत्वलाई जोड दिएका छ्न। ।”नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई स्वागत गर्न पाउँदा खुसी लाग्यो। उहाँको भ्रमणले हाम्रो सम्बन्धको घनिष्टतालाई जोड दिन्छ,” मन्त्रीले ट्विट गरे।

यसअघि बुधबार दिल्लीस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामनाथ कोविन्दले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेका थिए ।

“राष्ट्रपति कोविन्दले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ जनरलको दर्जा प्रदान गर्नुभएको छ,” राष्ट्रपति भवनले ट्वीट गरेको छ।
भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको औपचारिक निमन्त्रणामा नेपाली सेनाका प्रधानसेनापति भारतको चार दिने भ्रमणमा छन् ।

प्रतिक्रिया दिनुहोस