दलाई लामाले ताइवानको बारेमा यस्तो भनेपछि, चिनमा मच्चियो हंगामा

एजेन्सि – तीब्बतका आध्यात्मिक नेता दलाई लामाले ता इ वा न भन्दा भारत रोज्ने बताएका छन् । ता इ वा न भ्रमणबाट फर्किएपछि बुधबार भारतीय सञ्चारमाध्यमसँग बोल्दै लामाले बस्नको लागि ता इ वा नभन्दा भारत रोज्ने बताएका हुन् ।

ता इ वा न भ्रमणबारे भर्चुअल माध्यमबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले भनेका छन्, ‘चीन र ता इ वा नको अवस्था निकै नाजुक भएकाले बस्नको लागि म भारत नै रोज्छु ।’

स्वतन्त्र ता इ वा नलाई चीनले क्षेत्र भएको दाबी गर्दै आएको छ । चीनले ता इ वा नको वायु रक्षा क्षेत्रमा पटकपटक हमला गर्दै आएको भन्दै ता इ वा नले आ प त्ती जनाउँदै आएको छ । चीनको सो गतिविधिका कारण चीन र ता इ वा नको सम्बन्धमा दरार उत्पन्न भएको छ ।

रोयटर्सका अनुसार दलाई लामाले तत्काल चिनियाँ राष्ट्रपति सि जिङपिङसँग भेट्ने कुनै योजना नबनाएको बताएका छन् । तिब्बतबाट निकाला गरिएका आध्यात्मिक नेता लामा सन् १९५९ देखि भारतको शरणमा बस्दै आएका छन् ।

उनले भारतबाटै तीब्बतको स्वतन्त्रता, संस्कृती र धर्मको संरक्षणका लागि पटकपटक चीनसँग आह्वान गर्दै आएका छन् ।

यो पनि : सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।

नेपाल र गणतन्त्र कोरियाबीच बुधबार यहाँ सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान अनुरोध गरेको हो ।

साथै सरकारले इपिएसअन्तर्गत नेपालका लागि कोटा सङ्ख्या बढाउन आग्रह पनि गरेको छ । बैठकमा दुई पक्षबीच को’भि’ड–१९ वि’रु’द्ध प्रतिकार्य र पुनरुत्थान, व्यापार, लगानी, रोजगारी,

ऊर्जा, प्रविधि, शिक्षा, पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धका क्षेत्रमा सहकार्यलाई थप प्रवद्र्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले जानकारी दिए ।

‘दुवै देशको अर्थतन्त्रमा कोरियामा रहेका नेपाली कामदारको योगदान महत्वपूर्ण रहेको स्वीकार गर्दै दुवै पक्षले रोजगार इपिएस सम्बन्धी समझदारी

पत्रलाई चाँडोभन्दा चाँडो नवीकरण गर्नुपर्नेमा सहमति जनाएका छन्,’ परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं नेपाली प्रतिनिधिमण्डलका नेता थापाले भने।

बैठकमा नेपाल–कोरिया सम्बन्धको समग्र पक्षबारे विचारविमर्श हुनाका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवद्र्धन गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान र संलग्नतामा जोड दिइएको थियो ।

छलफलका क्रममा दुवै पक्षले संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लगायत क्षेत्रीय तथा बहुपक्षीय तहमा पारस्परिक लाभका क्षेत्रमा सम्भावित सहयोगबारे पनि विचार आदान प्रदान गरेका थिए।

थापा नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीको सहभागिता थियो भने र कोरियाली प्रतिनिधिमण्डलमा दक्षिण एसियाली तथा

प्रशान्त मामिला ब्यूरोका महानिर्देशक सङ्ग्र्योल लीसहित कोरियाली परराष्ट्र मन्त्रालय, यहाँस्थित कोरियाली दूतावासका अधिकारी, कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपाल कार्यालयका देशीय निर्देशक र प्रतिनिधि सहभागी थिए ।

बुधबार नै परराष्ट्र सचिव भरतराज पौड्यालसँग महानिर्देशक सङ्ग्र्योल ली लीले शिष्टाचार भेट गरे । भेटमा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस