४३ वर्षीया कोपिला यस्तो अवस्थामा पक्राउ ! कारण थाहा पाउँदा प्रहरिनही तिन छक्क

काठमाडौँ, कात्तिक २६ । धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राककी एक महिला पक्राउ परेकी छन ।जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार बिहान १४ किलो ८ सय ग्राम चरेससहित ४३ वर्षीया कोपिला गुरुङ पक्राउ परेकी हुन ।

बारपाक-बाह्रकिलो जोडने सडकखण्डअन्तर्गत अजिरकोट गाउँपालिका वडा नं ५ चनौटे अवैध चरेससहित गुरुङलाई पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले जानकारी दिए। बारपाकबाट छेवेटारतर्फ आउँदै गरेको बा २० च ९३३२ नं को बलेरो पिकअपलाई चेकजाँच गर्ने क्रममा अवैध चरेससहित गुरुङलाई पक्राउ गरिएको दाहालले बताए।

उनका अनुसार पहेलो रंगको बोराभित्र प्लास्टिक थैलीमा पोका पोका पारी चरेस लुकाइएको थियो। पक्राउ परेकी गुरुङले आफ्नै जग्गा जमिनमा उब्जिएको लागुऔषध गाँजाबाट आफैँले घरमा चरेसको उत्पादन गरी ल्याएको प्रहरीसँग स्वीकार गरेकी छिन्। गुरुङको घरमा थप खानतलासी गर्दा ४ सय ग्राम चरेस र जोख्न प्रयोग हुने तराजुसमेत बरामद गरिएको दाहालले बताए।

पक्राउ परेकी गुरुङलाई लागुऔषध चरेस शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी गोरखा जिल्ला अदालत पठाएको डिएसपी दाहालले जानकारी दिए। घटनामा संलग्नबारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।

यस्तै, भरतपुर महानगरपालिका-४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो ।

जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्न भएका सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरुलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

उनीहरुलाई भीमबहादुरको हत्या असोज २८ गते भएको कुटपिट गरी हत्या गरेको आरोप थियो । भरतपुर–४ दुर्गाचोक नजिक दुर्गा मन्दिरअगाडि कुटपिटपछि उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । अन्ठाउन्न वर्षीय विश्वकर्मा हत्या प्रकरणमा पक्राउ परेका बस्नेत र श्रेष्ठलाई आवेश प्रेरित ज्यान मुद्दा दर्ता भएको थियो ।

आचार्यका अनुसार उनीहरुलाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १८९ को उपदफा १ को ग कसुरको अपराधमा १५ वर्ष कैद र रु एक लाख जरिवाना माग दाबी गरिएको थियो ।

आरोपीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि विकको शव अझै उठ्न सकेको छैन । दलित अभियानकर्मीहरूले जातीयताका आधारमा हत्या भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस