पृथकतावादी हिंसा र द्धन्दमा गाँजिएको पाकिस्तान

छिमेकी अफगानिस्तानमा तालिबान शासकहरूको शासन सुरु भएपछि पाकिस्तानमा पनि आन्तरिक द्धन्द र आन्तरिक पृथकतावादी आतङ्ककारी सङ्गठनहरूको हिंसा असाध्यै बढेको पाइएको हो ।
प्रधानमन्त्री इमरान खानको सरकारले यी चुनौतीहरूलाई पहिलेदेखि नै औँल्याएको भए पनि यस विरुद्ध ठोस कदमहरू भनेँ नचालेको बताइन्छ ।

अझ विशेष रुपमा तालिबानहरूलाई पाकिस्तानमा आश्रय दिएको आरोप खेपिरहेका इमरान खानको नेतृत्वको सरकारले तालिबानको विजयलाई रणनीतिक विजयका रूपमा लिएको पनि बताइन्छ । पाकिस्तानका सुरक्षा विशेषज्ञहरूकै भनाँई मा इमरान खानको सरकारको तालिबानहरु संगको निकटताले पाकिस्तानमा दुई कुराहरूमा क्षति भएको छ ।

पहिलो चाहिँ तालिबानहरूले आफूभन्दा पनि कडा अल कायदासंग इस्लामीक स्टेट खोरासनमा सामना गर्नु परिरहेको छ भनेँ दोस्रो चाहिँ तालिबानहरू आफ्नो वैचारिक तालमेलको डोरी पाकिस्तानमा तेहरीक ए तालिबान पाकिस्तानसङ काट्न पटक्कै मानिरहेको छैन । यस अर्थमा तालिबान काबुलबाट पाकिस्तान सम्म आफ्नो बिचारको नियन्त्रण र प्रसार गरिरहेको छ ।

इस्लामको दियोबन्धी धार सङ्ग सम्बन्ध राख्ने कट्टरवादी सङ्गठन तेहरीक ए तालिबानबाट त इमरान खानको सत्ताले निकै पहिलेदेखि तनाब भोगिरहेको छ । यस सङ्गठन बरेल्वी पक्षको पैरवी गर्दछ, तालिबानबाट साथ पाएपछि भर्खरै यस सङ्गठनले लाहोर देखि इस्लामवादसम्म एउटा लामो मार्च नै गरेको थियो । यसरी तालिबान शासकको सहयोगमा पाकिस्तानमा पृथकतावादी सङ्गठनहरूको उपस्थिति र हिंसा असाध्यै बढ्दै गइरहेको बताइन्छ ।

यस्ता सङ्गठनहरूको उपस्थितिमा त झनै पाकिस्तानमा धार्मिक अल्पसख्यंक हरु माथि अमानवीय हिंसा भइरहेको छ । पछिल्ला महिनाहरूमा पाकिस्तानमा हिन्दु र इसाई धर्मावलम्बीहरूमाथिको हिंसा पनि यस कारणले असाध्यै बढेको खबर छ ।

प्रतिक्रिया दिनुहोस