५५ बर्षअघि हराएको औँठी फेला पारेपछि दम्पति बने अरब पति

कैयौं हाम्रो जीवनमा यस्ता विशेष घटना घट्न पुग्छन् जसको अनुमान लगाउन समेत सकिदैन । यस्तै भएको छ एक व्यक्तिको जीवनमा । एक व्यक्तिले आफुले गुमाएको औँठी ५५ बर्षपछि भेटेका छन् ।

एक व्यक्ति जसले आफ्नो आमाबुवाको बगैँचामा विवाह गरेका थिए, उनले त्यहि औँठी हराए । रैनसम जोन्स नामक व्यक्तिले पाँच दशक भन्दा पहिले मफ्रीसबोरोमा मुल घरमा काठको काम गर्दा आफ्नो विवाहको औँठी हराएका थिए । यो औँठी उनले लामो समयसम्म लगाउन सम्म पाएका थिएनन् ।

जोन्सका अनुसार औँठी हराएपछि उनका सम्पुर्ण परिवारले यसको खोजी तिव्र पारे । उनीहरुले कैयौं वर्षसम्म औँठी खोजे तर भेट्न सकेनन् । जोन्सले आफ्नो पत्नी व्रेन जोन्स सहित आफ्ना छोराछोरीलाई समेत औँठी हराएको बताए र धेरै बर्षसम्म यसको खोजी गर्न अह्राए । तर औँठी भेट्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस