कुकुरले टोकेर बिरामी परेको भैसीको मासु खाँदा रुपन्देहीमा १४० जना बिरामी

बुटवल :- रूपन्देहीको सैनामैनामा बिरामी परेको भैंसीको मासु खाँदा गाउँ नै आ’तंकि’त भएको छ । नगरको वडा नं. ७ देउवापारस्थित स्मृति टोलमा कुकुरले टो’के’र बिरामी परेको भैंसी का’टे’र मासु खाँदा गाउँ नै आ’तंकि’त भएको हो ।

फेसबुकमा पछ्याउनुहोस्

घटस्थापनाका दिन सैनामैना–८ पीपलडाँडा ठूली ओकाली निवासी एक स्थानीयको घरबाट स्मृतिटोलका केही व्यक्ति मिलेर भैंसी ल्याई काटेर गाउँमा मासु बिक्री गरेका थिए । असोज १९ गतेको घटना भए पनि अहिले मात्र सार्वजनिक भएको हो । सैनामैना–७ का वडाध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृतिटोल निवासी दुई व्यक्तिले पीपलडाँडाबाट भैंसी ल्याई काटेर प्रतिकेजी २ सय ५० रुपियाँका दरले बिक्री गरेका थिए । उक्त भैंसीको मासु स्मृति टोलसँगै सैनामैना–८ र कञ्चन गाउँपालिका–१ का गरी कुल १ सय ४० जनाले पकाएर खाएका थिए ।

वडाध्यक्ष बेल्वासेले भन्नुभयो– ‘भैंसी कुकुरले टोकेर केही दिनदेखि बिरामी परेको रहेछ, उहाँहरुले हामीले छालामात्र प्रयोग गर्छौं भनी उक्त भैंसी मालिकको घरबाट ल्याउनुभएछ र गाउँमा काटेर बिक्री गर्नुभएको रहेछ ।’ उक्त मासु खानेमा बच्चादेखि वृद्धसम्म रहेका उहाँले बताउनुभयो । अस्वस्थ मासु बिक्री–वितरण गरेको भन्दै दोषीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीमा अनुरोध गरिएको अध्यक्ष बेलबासेले बताउनुभयो ।

कुकुरले टो’के’र बिरामी परेको भैंसीको मासु का’टे’को घटना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृतिटोलमा पुगेर एकैपटक ७० जनालाई रेबिजविरुद्धको खोप लगाएको छ । नगर प्रमुख चित्रबहादुर कार्कीले अझै पनि गरिब तथा विपन्न वर्गका परिवारमा स्वास्थ्यवद्र्धक खाद्यान्नसम्बन्धी चेतनाको अभाव रहेकाले उक्त समस्या उत्पन्न भएको बताउनुभयो ।

नगरपालिकाले तत्कालै लुम्बिनी प्रदेश सरकार र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा खोपको पहल गरी लगाउनै पर्ने ७० जनालाई खोप लगाउन सफल भएको प्रमुख कार्कीले बताउनुभयो । उहाँले ठूलो सं’क्राम’क रोगबाट जोगिन सफल भएको बताउँदै चाडपर्वसँगै अन्य समयमा पनि मासुजन्य खाद्यान्न खाँदा स्वास्थ्यवद्र्धक खान आग्रह गर्नुभयो ।

नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार कात्तिक ११ गते बिहीबार स्मृतिटोलमा नगरको स्वास्थ्य शाखासहितकोे टोली पुगेर खोप लगाइएको हो । उहाँले कुल १ सय ४० जनामध्ये मासु का’टे’का र नपाकेको मासु छोएका ७० जनालाई पहिलो खोप दिइएको बताउनुभयो । रे’बिजविरु’द्धको खोप तीन पटकसम्म लगाउनुपर्दछ ।

मासु ल्याएर बिक्री गर्ने स्थानीयले बिरामी भैंसी थाहा थियो, तर कुकुरले टो’के’को भन्ने थाहा नभएको बताएका छन् । उनीहरुले गल्ती भयो, कारबाही गरे भोग्न तयार रहेको बताएका छन् । नेपाल समाचार पत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस