छोरीसँग रमाउँदै रक्षा श्रेष्ठ ( तस्बिर सहित)

नेपालको लोकप्रिय हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ र ‘सक्कीगो नि ‘ मा आफ्नो गज्जबको अभिनय प्रस्तुत गरेर चौतर्फी तारिफ बटुलेकी अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेकी छिन ।उनले आफ्नी छोरी माहिरा ७ महिना पुगेको अबसरमा तस्बिर सार्बजनिक गर्दै यस बारे जानकारी दिएकी हुन् ।

यसअघि रक्षाले आफू आमा बनेको जानकारी कसैलाई दिएकी थिइनन् । यद्यपि सामाजिक संजाल र केही मिडियामा भने उनले छोरा पाएको भन्दै चर्चा थियो ।उनी भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार हुन् । उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् ।

एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् ।हाँस्य टलिश्रृङ्खला ‘भद्रगोल’ बाट उदाएकी रक्षा श्रेष्ठको सौन्दर्यमा पागल हुनेहरु धेरै छन्

धेरै म्यूजिक भिडियोमा सफलतापुर्वक अभिनय गरेकी रक्षा सानो पर्दामा नै रमाइहेकी छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् ।भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन् । सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन ।

‘मलाई रुन ठूलो कारण चाहिँदैन, त्यत्तिकै पनि आँशु आइहाल्छ’, उनी भन्छिन् ।यसले रक्षालाई एउटा कुरामा भने फाइदा भएको छ । अभिनय गर्दा पनि उनलाई रुनका लागि ग्लीसिरिन चाहिदैन । ‘प्राय सुटिङमा म त्यत्तिकै रोइदिन्छु,’ रक्षाले भनिन् ।

प्रतिक्रिया दिनुहोस