मोटरसाइकल दु’र्घटनामा परेर डा.दीपक ग’म्भीर घा’इते, आर्थिक सहयोगका लागि आह्वान

सडक दु’र्घटनामा घा’इते हुनुभएका डाक्टर दीपक खरेल ग’म्भीर अवस्थामा राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहनु भएको छ । उहाँका सहकर्मी डा.नवीन पोखरेलले दिनुभएको जानकारी अनुसार डाक्टर दीपक तिहारको भाइटीकाको दिन बुटवलमा सडक दु’र्घटनामा पर्नुभएको हो।

उहाँ मोटरसाइकलको पछाडि बसेर यात्रा गरिरहेका बेला सडक दु’र्घटनामा पर्नुभएको डा.नवीनले बताउनुभयो। त्यसपछि उहाँलाई सिधै ट्रमा सेन्टर ल्याई आइसीयूमा भर्ना गरिएको थियो । टाउकोमा ग’म्भीर चो’ट लागेका कारण आइसीयूमा राखेर उहाँको उपचार भइरहेको नवीनले जानकारी दिनुभयो।

उहाँको अवस्था अनुसार लामो समय आइसीयूमा राख्नुपर्ने डा.नवीन बताउनुहुन्छ । कपिलवस्तु वाणगंगा नगरपालिकाका डा. दीपक वाणगंगा नगरपालिकामै रहेको कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत हुनुहुन्थ्यो। दु’र्घटनाको बारेमा आफूलाई विस्तृत जानकारी नभएको डा. नवीन बताउनुहुन्छ ।

‘मोटरसाइकलमा पछाडि बसेर हिँडेका बेला दु’र्घटना भएको भन्नेसम्म थाहा छ । पूरै जानकारी मलाई पनि छैन’ डा. नवीन भन्नुहुन्छ, ‘चो’ट गहिरो छ, लामो समय आइसीयूमै राख्नेपर्ने अवस्था देखिन्छ।’ लामो समय आइसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले नैतिक तथा आर्थिक सहयोगका लागि नवीनले आह्वान गर्नुभएको छ ।

डा.दीपकलाई आर्थिक सहयोगका लागि उहाँका आफन्तलाई सम्पर्क गर्न तथा बैंक खातामा सहयोग रकम जम्मा गर्न डा. नवीनले आह्वान गर्नुभएको छ । डा. दीपक खरेललाई सहयोगका लागि :AC/No : 0392050080330 A/C title : Shankar Kharel/Jiblal kharel Mega bank limited

प्रतिक्रिया दिनुहोस