तालिबान सँग इरान र ताजाकिस्तान सजग, काउन्टर मुभ गर्ने 

तालिबानको ज्याजति विरुद्ध प्रतिकार क्रमशः बढ्दै छ । सुरक्षा संवाद कार्यक्रममा क्षेत्रीय देशहरूको सुरक्षा सल्लाहकारहरूको नयाँ दिल्लीमा भएको भेला सँगै भारत लगायत अन्य ७ क्षेत्रीय राष्ट्रहरू अफगानिस्तानको हालको अवस्था र तालिबानको रवैयासँग सजग भएको प्रतिक्रिया सहित काउन्टर मुभ गर्ने सम्भावनालाई सम्भव बनाएर गएका हुन् ।

एक रिपोर्टका अनुसार सुन्नी समुदायका हार्डलाइनर तालिबानलाई काउन्टर गर्न देशहरू तयार भएका हुन् ।
ताजाकिस्तान ९५ प्रतिशत सुन्नी हो भनेँ इरान पूर्ण सिया इस्लामहरूको देश हो, यसरी तालिबानका विरुद्ध धर्मका शाखाहरूलाई पन्छाएर देशहरू एक भएका हुन् ।

तालिबानहरूले असाध्यै आक्रमण गरेका पर्सिएन भाषा र संस्कृतिको रक्षार्थ पनि देशहरू एक भएका मानिन्छ । पोलिसी रिर्सच ग्रुपमा लन्डन मा बस्ने शोधकर्ता भेलेन्टीन पोपेसुले शोधमा आधारित भएर लेखेका हुन् ।

सेन्ट्रल वेस्टर्न अफगानिस्तानका ताजाकिस्तानी र हजरासहरुलाई तालिबानले धेरै ज्यादती गर्दै आएका छन् भनी पोपेसुले लेखेका छन् ।

पोपेसुको शोध अनुसार अफगानीस्तानीहरु ले लागु औषध तस्कर गर्नका लागि विशेषतः युरोप र रसिया लैजान अघि ताजाकिस्तानको भूमि प्रयोग गर्दछन् । यसका कारण पनि पछिल्ला वर्षहरूमा ताजाकिस्तानले अनेक आतङ्कवादी आक्रमणहरूको सामना गर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस