युवकको प्यान्टको खल्तीमा रहेको OnePlus फोन विस्फोट भए पछि..!

OnePlus को Nord 2 मोबाइल फेरि विस्फोट भयको छ। यसपटक पाइन्टको खल्तीमा रहेको मोबाइल फोन एक्कासी विस्फोट भएको भारतका सुहित शर्मा नाम गरेका युवकले गुनासो गरेका छन् ।

सुहितले नोभेम्बर 3 मा सोशल मिडिया ट्विटरमा विस्फोट भएको OnePlus फोनको एक तस्वीर ट्वीट गरेका थिए। यससँगै उनले लेखेका छन्,

‘यसरी प्रयोगकर्ताहरूसँग खेल्न बन्द गर्नुहोस्। यसको परिणाम पनि भोग्नुपर्छ । OnePlus फोन किनेर यस्तो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ।

उनको ट्विट गरिएको तस्बिर हेर्दा विष्फोटमा स्मार्टफोन लगभग पूरै चम्किएको बुझिन्छ । उनले गोजी भित्र विष्फोट हुँदा आफू घाइते भएको दाबी समेत गरेका छन् ।

यसैबीच चिनियाँ कम्पनी one plus ले घटनाप्रति दुःख व्यक्त गरेको छ । कम्पनीका अनुसार प्रयोगकर्तालाई दुखद व्यक्त गरेका छन कम्पनी अनुसार ‘खरिदकर्ताहरू हाम्रो लागि सबै महत्त्वपूर्ण छन्।

हामीले उहाँलाई राम्रो सुविधा दिनु पर्ने हो। यो विषय छिट्टै नै समाधान हुन्छ । र भविष्यमा यस्ता घटना हुन नदिन प्रयास गर्नेछौं।

यो पहिलो घटना होइन । यसअघि भारतका दुई क्रेताले यस्तै गुनासो गरेका थिए । उनले वनप्लसको नर्ड २ मोडलको फोन किनेको केही दिनमै मोबाइल विस्फोट भएको बताए ।

प्रतिक्रिया दिनुहोस